स्थानीय सरकार संग समन्वयात्म छलफल कार्यक्रम सम्पन्न

हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मकवानपुरको आयोजनामा आज हेटौडामा सामुदायक वन अधिकार सुनिश्चिता कार्यक्रम अन्र्तगत स्थानीय सरकार संग समन्वयात्म छलफल सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता गर्दे सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक वनको अवधारणा, मर्म र भावनाले वन व्यवस्थापनमा स्थानीय समुदायको सहभागितालाई सुदृढ बनाएको वताउदै अन्तर्राष्ट्रिय समुदायका लागि समेत सामुदायिक वन एक सिकाई केन्द्रका रुपमा स्थापित भएको वताउनुभएको छ ।

कार्यक्रममा वोल्दै हेटौडा उपमहानगर पालिकाका उपप्रमुख मिना लामाले यस पालिकाले स्थानीय वन ऐन निर्माण भैसकेको र नियमावली निर्माण गरेर त्यसको कार्यान्वयन गर्न छलफल भैरहेको बताउदै सामुदायिक वनमा महिलाका अधिकार सुनिश्चितता का लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको वताउनुभयो ।

साथै कार्यक्रममा मनहरी गा.पा.का प्रमुख एकराज उप्रतीले वनको विकाससंगै वढ्दै गईरहेको विक्रितीको वारेमा सोच्नु पर्ने समय आएको वताउनुभयो । साथै गढी गा. पा.का प्रमुख विदुर हुमागाईले आमनागरिकको जिवन स्तर सुधारका लागि वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको वताउदै सामुदायिक वन अधिका सुनिश्चितता कार्यक्रम गढी गा.पा.मा सञ्चालन भैरहेको प्रति खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यलय मकवानपुरका प्रमुख विष्णु आचार्यले सामुदायिक वनको अवस्था सोचेभन्दा निकै दयनिय रहेको भन्दै जनता संग मनका कुरा जनता संग वनका कुरा सञ्चालन गरिरहेको वताउनुभयो । कार्यक्रमा डा. गंगाराम दाहालले सामुदायिक वन विश्वभर नै प्रचलित रहेको वताउदै सामुदायिक वनले स्थानीय जनताको जिवनस्तमा सुधार गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : 25 नोभेम्बर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस