राष्ट्रिय सभा गृहमा वृहत कार्यक्रमको आयोजना

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियान अन्र्तगत आईतवार राष्ट्रिय सभा गृहमा वृहत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमूख अतिथिको आशन ग्रहण सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

साथै वन तथा वातावरण मन्त्री माननीय रामसहाय प्रसाद यादव, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री माननीय उमा रेग्मी, वन तथा वातावरण सचिव प्रेम कँडेल, महिला बालबालिका सचिव याम कुमारी खतिवडा, महासंघका सल्लाहकारहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, महासंघ प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्था, पत्रकार र विज्ञ ब्यक्त्तित्वहरुको समेत उल्लेख्य उपस्थिती रहने छ ।

साथै राष्ट्रिय सभाका माननिय सदस्य डा.विमला राइ पौडेल, वन विज्ञ डा. गंगाराम दाहाल, महिला बालबालिका सचिव, याम कुमारी खतिवडा, मानव अधिकारकर्मी डा.रेणु अधिकारी, नेपाल सरकार सहसचिव जलवायू परिवर्तन महाशाखा डा.राधा वाग्लेसमेतले आआफ्नो विचार राख्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम उद्धघाटन सत्रमा देशभरका करिव ६०० देखी ७०० जना सामुदायिक वन उपभोक्ता समूहहरुका अगुवा अभियान कर्मीहरुको सहभागीता हुनेछ । साथै जुम मार्फत अन्तराष्ट्रय सामmेदार सस्ंथा र देशभरी रहेका अभियानकर्मी तथा सरोकारवालाहरुको उपस्थिती रहने छ भने कार्यक्रमको अनलाईन, फेसवुक तथा विभिन्न संचार माध्ययमवाट प्रत्यक्ष प्रसारण गरिने छ ।

२५ नोभेम्वर देखि १० डिसेम्वर सम्म सञ्चालन हुने कार्यक्रम घरबाटै सुरु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने मुल नारा सहित सामुदायिक वन उपभोक्ता महासंघ र जिल्ला महासंघहरुले दैनिक विभिन्न कार्यक्रम गर्दे आईरहेका छन ।

प्रकाशित मिति : 4 डिसेम्बर 2021, शनिवार
प्रतिक्रिया दिनुहोस