फेकोफनले राष्ट्रपतिको उपस्थितिमा महिला हिंसाविरूद्द विशेष कार्यक्रम गर्दै

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले महिला हिंसाविरूद्द अाईतबार विशेष कार्यक्रम गर्दैछ । राष्ट्रियसभा गृहमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागि हुनुहुने फेकोफनकी अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।

स्थापनाकाल २०५२ देखि नै प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार स्थापना र महिला समानताको लागि अनवरत रुपमा संकल्प र संघर्ष गर्दै आइरहेको फेकोफन नेपालको शसक्त नागरिक संगठन हो । यसले महिला सहभागिता, नेतृत्व विकास, आर्थिक शसक्तिकरण र संरचनात्मक परिवर्तनका लागि जनवकालत र सम्झौताहीन संघर्ष गर्दै आइरहेको छ ।

आजपनि महिला तथा बालबालिका र पछाडि पारिएको वर्ग विभिन्नखाले हिंसा र असमानताको सिकार हुनु परेकोमा चिन्ता जनाउँदै अध्यक्ष पाठकले विश्वव्यापी रुपमा लैङ्गिक हिंसाबिरुद्धको विश्वव्यापी अभियानमा “घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारालाई सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

महिला तथा बालबालिका माथि हुने अमानविय हिंसाको श्रोत बिद्यमान संस्कृति र सम्पत्ति नै भएकोले यसलाई संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै अन्त्य गर्न सकिने उहाँको भनाई छ।

संस्कार, संस्कृतिमा भएका कुसंस्कार, कृरिती र विचार व्यवहार परिवर्तन गर्न सबैको प्रतिबद्धताको खाँचो रहेको र कानुनी परिवर्तन तथा कार्यन्वयनको आवश्यकता रहेको अध्यक्ष पाठकको भनाई छ । सामुदायिक वन उपभोक्ता समूह, महासंघका स्थानीयदेखि राष्ट्रिय संरचनामा आबद्ध अभियानकर्मी, नागरिक समाज लगायत सम्पूर्णमा महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसाका बिरुद्धमा व्यक्तिगत र संस्थागत पहल गर्न पनि फेकोफनले अाग्रह गरेको छ ।

प्रकाशित मिति : 4 डिसेम्बर 2021, शनिवार
प्रतिक्रिया दिनुहोस