नवनिर्वाचित पदाधिकारीको सम्मान कार्यक्रम

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाललले गैरसरकारी महासंघ नेपाल र नेपाल विद्युत महासंघ, नेपालका नव निर्वाचित पदाधिकारीलाई लाई सम्मान तथा वधाई कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाललका अध्यक्ष भारती पाठकले सवै गैरसरकारी संस्था मिलेर अगाढी वढ्नुपर्ने वताउनुभयो । कार्यक्रममा नेपाल विद्युत महासंघ का नवनिर्वाचित अध्यक्ष नारायण ज्ञवालीले हाल नेपालका ९० प्रतिशत जनताले मात्र विद्युतीय सेवा सुविधा पाएको सन्र्दभमा अवका दिनमा सम्पूर्ण नागरीकको घर दैलोमा सोवा सुविधा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको वताउनुभयो ।

कार्यक्रममा वोल्दै गैरसरकारी संस्थाका निर्वाचित अध्यक्ष राम प्रसाद सुवेदीले शान्ती र लोकतान्त्रीक नेपाल निर्माणकालागि देशभरको गैरसरकारी संस्थालाई ब्यवस्थित र एक बनाई परिचालन गर्दे आईरहेको वताउनुभयो ।

सामाजिक न्याय, मानव अधिकार प्रति समर्पित यस महासंघले विगत लामो समय देखिनै विपन्न वर्गको उथ्थानमा अहोरात्र लागिपरेको वताउदै नेतृत्व विकासमा अहम् भमिका खेल्दै आईरहेको यस महासंघले नेपालमा रहेका गैरसरकारी संस्थाको जवाफदेहिता, पारदर्शिता, उत्तरदाईत्वता वढाउन खेलेको भूमिका खेलेको वताउनुभयो ।

प्रकाशित मिति : 21 डिसेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस