दार्चुलाको नौगाड गाउँपालिका वडा नम्वर ६ स्थित धुलिगडामा पर्छ सल्ले सामुदायिक वन । यहाँ पुग्न जिल्ला सदरमुकामबाट झण्डै एकदिन लाग्छ भने गोकुलेश्वरबाट करिब २ घण्टामा पुगिन्छ । सल्ले सामुदायिक वन स्थानीय उपभोक्ताले संरक्षण र वृक्षरोपण गरेर हुर्काएर बनाएको वन हो । पहिला खासै रुखबिरुवा थिएनन् । जब एक दशक अघिदेखि उपभोक्ताले संरक्षण थाले, त्यसपछि वन हराभरा भएको छ ।
धुलिगाडका रैंचु, खेडा र खालीडाँडाको बीचको जंगल क्षेत्रलाई सल्ले सामुदायिक वनका रुपमा संरक्षण गरिएपछि उपभोक्ताले वृक्षरोपण गरेका छन् । चारैतिरको बस्तीको बीचमा वन पर्छ । समुहले नर्सरी बनाएर थप खाली क्षेत्रमा समेत वृक्षरोपणको योजना बनाएको छ । यसअघि बिरुवा रोपेर जोगाइएको र खाली ठाउँलाई वन बनाईएपछि बर्खामा पैरो जाने खतराबाट वनभन्दा तलको खेडा गाउँ जोगिएको छ ।
२०७१ सालमा बल्ल हस्तान्तरण भएपनि संरक्षणमा उपभोक्ताको सक्रियता त्यसभन्दा ६ बर्ष पहिलेदेखिकै हो । २७ हेक्टर क्षेत्रफल रहेको सामुदायिक ज्ञढण् वनमा करिब ३ सय घरधुरी आवद्ध छन् । उपभोक्ता समुहका अध्यक्ष धनसिंह ठगुन्नाले भन्नुभयो– ‘पहिला त केवल गाईवस्तु चराउने र घाँस काट्ने खर्क जस्तो थियो वन । तर हामीले संरक्षण गरेर यसको सदुपयोग गर्नुपर्छ र गाउँका लागि नमुना बनाउनुपर्छ भनेर वृक्षरोपण गर्न थाल्यौं अनि जिल्ला वन कार्यालयबाट समुदायमा स्वामित्व लियौं ।
अहिले त धेरै परिर्वतन भएको छ । वन खाली हुँदा बर्खामा खेडा गाउँमा भूक्षयको खतरा थियो । त्यसलाई पनि कम गराउन सफल भएका छौं ।’ उहाँका अनुसार गाँउमा पैरोको जोखिम देखिएपछि गाउँलेहरु मिलेर ‘अब जोगाएर सामुदायिक वन बनाम् र रुख रोपौं, त्यसले पैरो जानबाट रोक्छ भने वन पनि हरियाली र घना हुन्छ अनि भविश्यमा हामीलाई नै फाईदा पुग्छ’ भन्नेमा सामुहिक निष्कर्ष निस्केपछि संरक्षणको कामले तिव्रता लिएको हो ।
त्यसपछि हेरालु नै राखेर चरिचरन रोक्ने, चोरी निकासी हुन नदिने गरिया । स े ंरक्षणमा समुदायको अग्रसरताकै कारण अहिले पुरानो वनक्षेत्र घना भैसकेको छ । रुखहरु ठूला भैसकेका छन् भने मान्छे पसेको पनि नदेखिने खालको भएको छ । सबै उपभोक्ताहरु नै आफैं वनको रेखदेख गर्छन्, अर्थात सबै उपभोक्ताहरु वन हेरालु जस्तै सचेत र चनाखो भएर आआफ्नो जिम्मेवारी अनुसार हेरचाह गर्दै आएका छन् ।
स्थानीय उपभोक्ताहरु नै संरक्षकका रुपमा सक्रिय भएपछि चोरी निकासी र जथाभावी घाँसदाउरा ल्याउने, रोपिएका बिरुवाहरु हुर्कन नपाउने भन्ने नै भएन् । वनमा सल्लाका रुखहरु लोभलाग्दा देखिन्छन् । संरक्षणमा सल्ले सामुदायिक वनका उपभोक्ताको सक्रियता साच्चिंकै उदाहरणीय छ । संरक्षणमा दिनरात खटिएपनि हुर्कदो वन भएकाले उपभोक्ता समुहले खासै आयआर्जन गर्न सकेको छैन् ।
सामुदायिक वनको काम गर्दा उपभोक्ता समुहका पदाधिकारी र सदस्यहरुले आफ्नै खर्चले चलाउँदै आएका छन् । ढलापढा रुखहरु निकाल्दा र घाँस दाउराको सामान्य दस्तुरले खर्च धान्ने काम भएको र कहिलेकाँही आफैले गोजीबाट रकम खर्च गरेर काम गर्दै आएको अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो । ज्ञढज्ञ यो सबै काममा उपभोक्ता खटिनुको कारण वनको स्तर सुधार्ने र उपभोक्तालाई आवश्यक पर्दा घाँस दाउरा प्रयोगमा सघाउने हो ।
त्यसैगरी वन संरक्षण गरे भूक्षय रोक्न सकिन्छ भन्ने चेतनाले पनि काम गरेको छ । अध्यक्ष ठगुन्नाले भन्नुभयो– सामुदायिक वन भएपछि आफ्नै समुहको भयो, संरक्षण गरेपछि पैरो पनि रोकिने भैहाल्यो । त्यसैगरी पछि वन हुर्केपछि उपभोक्ताले आफूलाई चाहिँदा घाँसपात र काठदाउरा पनि पाउलान् भन्ने आशा छ । त्यसो त वन संरक्षणले गाउँमा पानीको अभाव कम गर्न सघाउने विश्वास पनि उपभोक्ताहरुको छ । त्यसैले वनमा एउटा धारा बनाईएको छ ।
नजिकैको कुलोमा जम्मा हुने पानीले जंगली जनावर र चराचुरुङीलाई पानी पिउन सजिलो भएको छ । वन बाक्लिँदै जाँदा पानीका श्रोतहरु पनि सर्साउन थालेका छन् । यसले उपभोक्तालाई थप खुसी र उत्साही बनाएको छ । उपभोक्ता समुहले जंगल हरचाह र स्थानीयलार्इ े आवश्यक पर्दा जानका लागि सजिलो होस् भनेर त्यहाँसम्म पुग्ने बाटो बनाएको छ ।
यस्तै वनमा जाने बाटोमा थकान मेट्न र भारी बिसाउन सजिलो हुने गरि बिसौनी र पर्खालका सिंढीहरु पनि बनाएका छन् । यी सबै सामुदायिक वन संरक्षण, सम्वर्धन र आवश्यकता अनुसार सदुपयोग गर्दै भविश्यमा अझै राम्रो काम गर्नका लागि गरिएका हुन् ।