राष्ट्रिय मापदण्डको मस्यौदामा सुझाव संकलन कार्यक्रम

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वनको दिगो ब्यवस्थापनका लागि राष्ट्रिय मापदण्डको मस्यौदामा सुझाव संकलन विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वैज्ञानिक वन खारेज भैसकेको यो अवस्थामा दिगो वनको कार्यदलले के कस्ता कार्यहरु गरिरहेको छ भन्ने विषयमा छलफल गरेको हो ।

२०७७ को निर्णयले पूर्ण रुपमा रुख कटानमा रोक लगाएकोले उपभोक्ता मारमा परेको वताउदै हाल त्यो निर्णय कार्यान्वयनमा नरहेको जानकारी समेत गराईएको छ । कार्यक्रममा सहभागिहरुले आदिवासी जनजाति, महिला, पिछडीएको वर्ग तथा समुदाय लगाएत सवैको अधिकार स्थापित हुनेगरी मापदण्ड तयार गरिनुपर्ने बताएका छन । मापदण्ड तयार गर्दा सम्वन्धित सरोकारवालाहरुको राय सुझाव लिएर मात्र तयार गर्न समेत आग्रह गरिएको छ ।

कार्यक्रममा वोल्दै सहभागिहरुले मस्यौदा परम्परावादी शैलीबाटै आएको आरोप समेत लगाएका छन । देशमा काठ कुहिएर गैरहेको छ तर विदेशवाट काठ आयात भैरहेकोले यस्तो अवस्थामा कसरी वन उद्यम वाट जिविको पार्जन गर्न सकिन्छ भन्ने प्रश्न समेत गरिएको थियो । अव आउने मापदण्डले जनताको पक्षमा वकातल गनुपर्ने सहभागिहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : 4 जनवरी 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस