महासंघको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तरगत ४ दिने बजार विश्लेषण तथा विकास तालिम शुभारम्भ

काठमाडौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तरगत बजार विश्लेषण तथा विकास तालिम २०७८ चैत्र १४ गते देखी १७ गते सम्म काठमाडौमा आयोजना गरेको छ ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपलिकाका प्रमुख तथा सामुदायिक वन उभोक्ता महासंघ नेपालका सल्लाहकार घनश्याम पाण्डेको प्रमूख आतिथ्यता र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीको अध्यक्षतामा संचालन भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न जिल्लामा रहेर सामुदायिक वन उपभोक्ता समूह मार्फत कृषि वनमा आधारित उद्यम संचालन गरिरहेका उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गोकुल प्याकुरेल र राजन के.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 28 मार्च 2022, सोमवार
प्रतिक्रिया दिनुहोस