कुसुमखोलामा निकुञ्जले घर जलाएको घटनाको फेकोफनद्वारा ध्यानाकर्षण (विज्ञप्ती सहित)

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरेको घटनामा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)ले ध्यानाकर्षण गराएको छ ।

महासंघकी अध्यक्ष भारती पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएकी हुन् । विज्ञप्तिमा भनिएको छ, ‘चितवन राष्ट्रिय निकुञ्जले सेना परिचालन र हात्तीको समेत प्रयाग गर्दै माडी नगरपालिका वडा नं.९ कुशम खोलको स्थायी रुपमा बस्र्दै आएका स्थानीय समुदायको दश घर भत्काउने र आगजनी गरिएको कार्यप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

यस्तै महासंघले जंगली जनावरको समेत आतंक सहदै बसेका स्थानीय समुदायलाई राहत र क्षतिपूर्ति दिनको सट्टा वस्तीमा आगजनी गर्ने गर्नु चरम रुपमा मानव अधिकार हनन् र उल्लघंन गर्नु भएको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : 28 मार्च 2022, सोमवार
प्रतिक्रिया दिनुहोस