चार दिने बजार विश्लेषण तथा विकास तालिम भव्यताका साथ सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तरगत बजार विश्लेषण तथा विकास तालिम २०७८ चैत्र १४ गते देखी १७ गते सम्म काठमाडौमा आयोजना गरेको थियो ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपलिकाका प्रमुख तथा सामुदायिक वन उभोक्ता महासंघ नेपालका सल्लाहकार घनश्याम पाण्डेको प्रमूख आतिथ्यता र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीको अध्यक्षतामा संचालन भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न जिल्लामा रहेर सामुदायिक वन उपभोक्ता समूह मार्फत कृषि वनमा आधारित उद्यम संचालन गरिरहेका उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गोकुल प्याकुरेल र राजन के.सीले गर्नुभएको थियो ।

यस तालिममा सात समुह विभाजन गरी व्यावसायिक उद्यम योजना तयार भई उद्यमीहरुले व्यवसायिक उद्यम योजना आफ्नो जिल्लामा गई उद्यमीहरुलाई भेला गराई छलफल गर्ने प्रतिबद्धता सहित एक घर एक उद्यम संचालन गर्ने आत्मविश्वास दिलाउनु भएको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाका ३० जना उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमले विशेषतः उद्यम विकास योजनालाई केन्द्रित गरेको थियो ।

कार्यक्रमको समापनमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले संचालन गर्नुभएको थियो भने अध्यक्ष भारती कुमारी पाठकले समापन गर्नुभएको थियो ।
उक्त चार दिने कार्यक्रमको सहजीकरण वन तथा कृषि सहज कार्यक्रमका कार्यक्रम अधिकृत जनक आचार्यले गर्नुभएको थियो भने व्यवस्थापन तर्फ अयोध्या काफ्ले र किरण पौडेलले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : 31 मार्च 2022, बिहिवार
प्रतिक्रिया दिनुहोस