संस्कृति–संरक्षणमा नमुना

रुकुमपूर्व मुलुकमा संघीयता कार्यान्वयन भएपछि वनेको नयाँ राजनीतिक सिमांकन सहितको जिल्ला हो । लुम्विनी प्रदेशमा पर्ने यही रुकुम पूर्वको साविक लिवाङ गाविसमा पर्ने कमलदह सामुदायिक वन एक नमुना र उदाहरणीय वनका रुपमा काम गर्दै आएको छ । कमल दहसँग जोडिएको यो वन २० हेक्टर क्षेत्रफलमा फैलिएको छ । २०५० सालमा उपभोक्ताको मातहतमा आएको यो वनमा १५० घरधुरी उपभोक्ता आवद्ध छन् ।

ताललाई बाहिर राखेर समुहले लिएका कारण रुकुमको प्रसिद्ध ताल मध्येको एक कमल दह अहिले वन क्षेत्रकोठ्याक्कै सिमानामा पर्छ । पहिला यहाँ नाङ्गो पाखो थियो । चरिचरनका रुपमा खुला हुँदा वन विकास हुन सकेको थियो । त्यसैले उपभोक्ताहरुकै सक्रियतामा नर्सरी बनाएर वृक्षरोपण गरी वन बनाइएको हो । रित्तो पाखो हुँदाका साक्षीसमेत रहेका कमल दह उपभोक्ता समुहका अध्यक्ष जयबहादुर खत्री, जो अहिले ७३ बर्ष पुग्नुभयो, उहाँका अनुसार रित्तो पखेरो अहिले घना वन हुँदा आफैलाई अचम्म लाग्छ रे ।

खाली पाखोमा अहिले सल्लो, पैंयु, सिसौं, उतिस हुर्केर अहिले हराभरा भएको द्दद्दघ छ । रोपेका बाहेक आफै उम्रेका बिरुवाहरु पनि हुर्केर हर्लक्कका भएका छन् । वन देख्दै रहरलाग्दो भैसकेको छ । अध्यक्ष खत्रीले त्यो समय र अहिलेको वनको अवस्था सम्झँदै भन्नुभयो– पहिला म्यालका केही बुटा बाहेक अरु खाली थियो । गाईवस्तु चराउने गरिन्थ्यो । त्यो बेला म पनि सरकारी जागिरे थिए । पछि हामै्र पहल र उपभोक्ताको सक्रियतामा सामुदायिक वन बनाइयो ।

म पनि पेन्सन भएपछि आएर संरक्षणमा लागँे र केही बर्षदेखि अध्यक्षका रुपमा काम गरिहेको छु ।’ हुर्काएको वन भएकाले काठबाट लाभ लिने अवस्था भैसकेको छैन् । वर्षमा एक पटक दाउराका लागि वन खोलिन्छ, झाडी सफाई गर्ने, घाँस काट्न छुट दिने जस्ता कामहरु भैरहेका छन् । उपभोक्ताहरुले पनि आफ्नो वनलाई हुर्काएर भविश्यमा लाभ लिने गरी तयार गरिरहेका छन् । घेरबारसहित संरक्षणमा स्थानीयको लगावले वनको स्तर हराभरा बनाउन धेरै मद्धत पुगेको छ ।

बाक्लो बस्ती नजिक, तालको छेवैमा रहेकोले सामुदायिक वनमा पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गरिएका छन् । वनभोजस्थल बनाइएको छ भने पिकनिक सेट तथा २० वटाभन्दा बढी फलामका बस्ने बेन्चहरु राखिएका छन् । थप सुविधा र शौचालय समेत बनाउन थालिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । कमल दह घुमेर वनमा पिकनिक खान सकिने भएकोले आन्तरिक पर्यटकहरु बढ्दै गएका छन् । कमल दहको मनोरम दृश्य र वनको हराभरा वातावरणमा घुमफिर गर्न र वनभोज खाने उत्तम ठाउँका रुपमा सामुदायिक वनको विकास हुँदै गएकोले उपभोक्ता समुहले पनि पर्यापर्यटनमा लगानी बढाउने योजना बनाएको छ ।

थप पूर्वाधार निर्माणका लागि स्थानीय तहसँग समन्वय र परामर्श भैरहेको समुहले जनाएको छ । अन्य आम्दानी कम भएकोले पर्यटनबाट आयआर्जन बढाउन सकिने अपेक्षा छ । द्दद्दद्ध अध्यक्ष खत्री भन्नुहुन्छ– ‘म आफूले गर्नसक्ने जति काम गरेको छु, आगामी दिनमा पनि वनलाई अझ राम्रो बनाउन मेरो क्षमताले भ्याएसम्म गर्ने नै छु । तर म बुढो हुँदै गएँ, वन युवा हुँदै आएको छ । अब भावी पुस्तालाई यसबाट लाभ पुगोस्, वातावरण संरक्षण होस् र समुदाय आयआर्जन र गाउँको विकासमा सहयोग मिलोस् भनेर युवापुस्ताले वन संरक्षणको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ ।’ उपभोक्ता घरधुरीको गरिबी कम गर्न विपन्न परिवारलाई घाँस दाउरामा समुहले पैसा लिँदैन् ।

काठपात भए भने प्राथमिकता पनि गरिब उपभोक्तालाई दिने गरिएको छ । वन संरक्षणमा हरेक घरधुरी मिलेर गरिन्छ । अत्यावश्यक र महत्वपूर्ण काम वा चोरी निकासी रोक्न समुहले अहिले पनि ‘हाक हाल्ने’ पद्धतिलाई यदाकदा प्रयोग गर्दै आएको छ । त्यसले एकैपटक सबैलाई सूचना दिन सघाएको छ । यसरी कमल दह सामुदायिक वन रुकुमको एउटा राम्रो वनका रुपमा विकास भएको छ ।

संरक्षणमा अरुलाई उदाहरण दिन सफल भएकोले यो वन नमुनाका रुपमा रहेको छ । अब सामुदायिक वनबाट लाभ लिँदै संरक्षणलाई राम्रो बनाउने र गरिबी न्यूनीकरण तथा आयआर्जन र चेतनामुलक काममा अघि बढ्ने लक्ष्य समुहको छ ।

प्रकाशित मिति : 4 अप्रिल 2022, सोमवार
प्रतिक्रिया दिनुहोस