वन जंगल संरक्षण गरेर कार्वनडाइअक्साईड कम गर्ने र अक्सिजन उत्पादन गर्नमा सहयोग पु¥याए बापत डलर आउँछ भन्ने त धेरैले सुनेकै कुरा हो । तर त्यसबारे कमैलाई थाहा छ र कमै वनले मात्रै त्यस्तो रकम पाएका छन् । त्यसैमध्येको एक हो दोलखाको चर्नावती सामुदायिक वन । वनको दिगो व्यवस्थापनमा गरी कार्वन संचित गरे बापत चर्नावती सामुदायिक वन उपभोक्ता समुहले लाखौं रुपैंया हात पारेको छ ।
करिब सात सय हेक्टर क्षेत्रफलमा फैलिएको यो वनले तीन बर्षको एकमुष्ट ६ लाखभन्दा धेरै रुपैया प्राप्त गरेको छ । यो दोलखाका अरु सामुदायिक वन मध्ये पहिलो पनि बनेको छ । वायुमण्डलमा कार्वन डाइअक्साइडको मात्रा कटौती गर्ने प्रयास अर्थात रेड मार्फत सामुदायिक वन उपभोक्ता महासंघको पहलमा दोलखामा मात्रै लाखौं रकम यसरी भित्रिएको हो । ज ैविक विविधता द्दद्दढ यसले स्थानीय उपभोक्तालाई वन जोगाउन थप हौसला मिलेको छ । सबैभन्दा बढी अक्सिजन उत्पादन गरेर धेरै रकम र पुरस्कार समेत पाएको भीमेश्वर नगरपालिकाको चर्नावती सामुदायिक वन उपभोक्ता समुहका पूर्वअध्यक्ष अर्जुनबहादुर बस्नेतले जानकारी दिनुभयो । हावा बेचेर पैसा आएको भन्दै उपभोक्ता उत्साहित भएका छन् ।
यो देशभरका २२ हजारभन्दा धेरै सामुदायिक वनमा आवद्ध २९ लाख घरधुरीका झण्डै डेढ करोड उपभोक्ताका लागि नै खुसीको कुरा हो । किनभने विकसित मुलुकहरुले कलकारखाना विस्तार गरी विषालु ग्यास मार्फत वायुमण्डल नै प्रदुषित गर्दा नेपाल जस्ता कम विकसित मुलुकले धेरै नै समस्या भोग्नुपरेको छ । ‘जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरणका लागि विश्व समुदाय गम्भीर रहेको र हरितगृह ग्यासको मात्रा घटाउने कार्य चुनौती बनिरहेका बेला हावा बेचेर नगद आउन थालेपछि उपभोक्तालाई प्रोत्साहन मिलेको छ र सामुदायिक वनको देश भनेर विश्वमा पहिचान कमाएको नेपाल र वन संरक्षणमा लागेका हामी उपभोक्तालाई पनि उत्साह थपिएको छ ।’ पूर्वअध्यक्ष अर्जुनबहादुर बस्नेतले भन्नुभयो ।
वनको गुणस्तर अभिवृद्धि गरी कार्वन उत्सर्जन न्यूनीकरण गर्ने वा गर्न चाहने विकासोन्मुख राष्ट्रलाई धेरै कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरुले क्षतिपूर्तिको रुपमा आर्थिक एवं प्राविधिक लगायतका सहयोग उपलब्ध गराउनु पर्छ भन्ने रेडको आधारभूत अवधारणा अनुसार नेपालका सामुदायिक वन उपभोक्ता समुहले पाएको यस्तो रकम वन क्षेत्रकै व्यवस्थापन तथा विपन्न समुदायको आयआर्जनमा खर्च गर्न थालिएको छ । नेपालमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गइरहेको छ ।
अतिवृष्टि, बाढी र पहिरोमा भैरहेको वृद्धि अनावृष्टि तथा खडेरी समस्याका खडा भएको छ । हिमाली जिल्ला दोलखा पनि उच्च जोखिममा छ । गौरीशंकर लगायत अन्य हिमाल भएका र स े ंसारकै उच्चस्थानमा पर्ने च्छो रोल्पा हिमतालका कारण दोलखा उच्च जोखिमको जिल्ला मानिन्छ । यस्तो अवस्थामा दोलखाकै सामुदायिक वनले हावा बेचेर पैसा कमाउनु सकारात्मक त हो द्दघण् नै, स्थानीय उपभोक्ताको आय बढाउने र गरिबी कम गर्ने हिसाबले पनि महत्वपूर्ण कदम हो । दोलखाकै अब्बल मध्येको एक चर्नावती सामुदायिक वनको २०५२ सालदेखि नै उपभोक्ताले संरक्षण थालेका हुन् । त्यसैले जंगलको स्तरमा सुधार आएको छ । यसपाली पनि त्यस्तो रकम आउने सम्भावना छ ।
किनभने यो बर्षसमेत वनको नापजाँच गरिएको छ । यसरी कार्वन उत्सर्जनमा सघाए वापत प्राप्त भएको रकम वनको संरक्षण, स्थानीय समुदायकै हित र उनीहरुकै उन्नतिका लागि खर्च गरिएको छ । खासगरि विपन्न र न्यून आय भएका उपभोक्तालाई आलु तथा अन्य तरकारी खेतीमा प्रोत्साहन गर्दै समुहले लगानीमा सघाएको छ । यस्तै बाख्रापालनमा समेत सहयोग गरिएको उपभोक्ता समुहका अध्यक्ष नेत्र बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘वनबाट भएको आम्दानी हामीले वनकै विकास र गरिबी न्यूनीकरण गर्दै स्थानीय उपभोक्ताको आम्दानी बढाउन लगानी गर्दै आएका छौ ।’ सामान्य बोलीचाली बुझाईमा हावा बेचेर लाखौं रुपैंया कमाई भएपछि उपभोक्ताहरुले वनजंगल जोगाउनुपर्छ भन्ने कुरा राम्ररी बुझेका छन् ।
घाँस दाउरा र काठपात सदुपयोग गर्दै थप आम्दानी हुँदा सामुदायिक वनमा काम गर्न उपभोक्तालाई थप प्रोत्साहन मिलेको छ । ‘सामुदायिक वन समुहको हो । वन पनि हामीले जोगाउँछौ, गरिबी निवारणमा पनि सघाउँछौं र डढेलो तथा चोरी निकासीबाट समेत वनलाई बचाएर भविश्यका नयाँ पुस्तालाई पनि यसको लाभ दिँदै वातावरण संरक्षणमा पनि हामीले नै योगदान गर्छौ– चर्नावती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बस्नेतले स–गौरव सुनाउनुभयो ।