सानो वन, ठूलो मन

मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्वर १ मा पर्छ, भैरवडाँडा सामुदायिक वन । करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ५५ घरधुरी उपभोक्ता आवद्ध छन् । २०५६ सालमा समुदायलाई हस्तान्तरण गरिएको यो सामुदायिक वन संरक्षणमा उदाहरणीय वनका रुपमा परिचित छ । समुदायको हितमा काम गर्दै आएको समुहले नेतृत्व विकासमा जोडदिएको छ । महिला, आदिवासी, जनजाती तथा सिमान्तकृतलाई अघि बढाउने काम भएका छन् ।

यही समुहबाट अघि बढ्दै अहिले भैरवडाँडा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको राष्ट्रिय अध्यक्षका रुपमा भारती पाठक पुग्नु भएको छ । महासंघको राष्ट्रिय अध्यक्षमा आफ्नो समुहले इतिहास बनाएकोमा सिंगो समुह र सबै उपभोक्ताहरु हर्षित छन् । फकोफनको नेतृत्वमा भैरवडाँडाकै उपभोक्ता पाठक पुग्नु हामीहरु सबैका लागि गौरवको विषय हो– समुहका अध्यक्ष उत्तम पौडेलले भन्नुभयो ।

उपमहानगर क्षेत्रमा भएको र सडकसँग धेरै भाग जोडिएकोले उपभोक्ता समुहलाई हस्तान्तरण हुनुअघि यो वन क्षेत्रमा व्यापक फडानी भएको थियो । चोरी तस्करीले वन नै उजाड हुँदै गएपछि बल्ल सरकारले समुदायलाई संरक्षणका लागि जिम्मा दिएको थियो । समुहलाई दिएर सामुदायिक वन बनाइएपछि भने जंगलको स्तरमा धेरै राम्रो सुधार भयो । उपभोक्ताहरुले तन मन र धन दिएर संरक्षण गरे ।

साल, साज, चिलाउने, चाँप लगायत विभिन्न प्रजातिका रुख बिरुवाहरु रहेको वनमा हुने चोरी तस्करी नियन्त्रण गर्न समुदायले चनाखो भएर रेखदेख गरके ै कारण वनको स्तर राम्रो छ । हिजोआज पनि सडक क्षेत्र हुँदै हुनसक्ने फडानी रोक्न समुहले गस्ती गर्ने, अनुगमन तिव्र पार्ने जस्ता कामहरु भैरहन्छन् । ‘राजमार्गसँगै जोडिएको वन भएकोले हामीले चोरी तस्करी रोक्न धेरै मेहनत गर्दै आएका छौं ।’–उपभोक्ता समुहका अध्यक्ष पौडेलले भन्नुभयो । यस्तै वनमा जंगली जनावर तथा पशुपंक्षीलाई पानीको अभाव नहोस् र पानीको श्रोत पनि संरक्षण होस् भनेर समुहले ३ वटा पोखरी बनाएको छ ।

ती पोखरीमा बर्खामा परेको आकाशे पानी संकलन हुने र करिब माघसम्म नसक्ने भएकोले धेरै लाभ मिलेको छ । वन आसपासका स–साना खोल्सा र भैरव खोलाको पानीको श्रोतका रुपमा पनि ती पोखरीले महत्वपूर्ण सहयोग पु¥याएका छन् । वन सानै छ, तर उपभोक्ता समुहको मन ठूलो छ । त्यसैकारण समुदायलाई भैरव सामुदायिक वनबाट राम्रो फाईदा भएको छ । गाउँको विकासमा समेत समुहले योगदान दिएको छ ।

भैरव आधारभूत विद्यालय निर्माण, भैरव मन्दिर तथा पाथीभरा मन्दिर निर्माणमा समुहले महत्वपूर्ण सहयोग गरेको छ । यस्तै गाउँको सडक निर्माण तथा मर्मतमा पनि सामुदायिक कको वन र धार्मिक आस्थाका केन्द्रहरु समेत भएकोले सामुदायिक वनलाई पर्यापर्यटनसँग जोडेर त्यसबाट लाभ लिने योजना समुहले बनाएको छ । त्यसका लागि स्थानीय तहसँग समन्वय गर्न हेटौंडा उपमहानगरपालिकासँग पहल गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

भैरव र पाथीभरा मन्दिरसम्म धार्मिक पर्यटक लैजान थप पूर्वाधार बनाउने, सडकको पहुँच बिस्तार गर्ने, प्रचारप्रसारका काम गर्ने योजना समुहको छ । यस्तै वनभोजस्थलको उत्तम केन्द्र बन्नसक्ने वनमा पिकनिक सेडहरु निर्माण गर्दै खानेपानीको धारा जडान गर्ने र शौचालयको व्यवस्था गर्ने लक्ष्य समुहले अघि सारको छ । वन घनाभएसँगै वन्यजन्तु पनि बढेका छन् । वन कुखुरा, चित्तल, सालक, मृग लगायतका वन्यजन्तु प्रसस्तै देखिने भएकोले वन क्षेत्रलाई अवलोकनस्थलका रुपमा विकास गर्दै लैजाने सोच समुहले बनाएको छ ।

यसरी मकवानपुरको भैरवडाँडा सामुदायिक वन संरक्षण, जैविक विविधता, आयआर्जन, नेतृत्व विकास जस्ता मुद्धामा धेरै अघि बढेको छ । वनको आयआर्जन कम भएपनि उपभोक्ताहरुमा संरक्षणको जोश धेरै छ । सामुदायिक वनले गाउँमा चेतना जगाउँन र सहकार्य गर्दै अघि बढ्न उपभोक्ताहरुलाई जागरुक समेत बनाएको छ ।

प्रकाशित मिति : 22 मे 2022, आइतवार
प्रतिक्रिया दिनुहोस