ठोरीकी छोरी–संरक्षणकी सारथी

२०७१ साल पुस २ गते, मेरो आँट र विश्वास जागेको दिन हो त्यो । सामुदायिक वनले नेतृत्व विकास तालिम दिँदैछ भनेर मलाई पनि वनशक्ति उपभोक्ता समुहबाट भन्नुभएको थियो । त्यसपछि गएर हेर्छु नि त, भनेर सहभागी भएकी थिएँ । तर त्यो दिन मलाई भित्रैदेखि विश्वास दिने र मेरो नेतृत्व क्षमता जन्माउने दिन परेछ । किनभने, त्यसभन्दा अघि म घरपरिवारमा बाहेक बाहिरका मान्छेहरुसँग बोल्नै सक्दिनथेँ ।

डर पनि, लाज पनि खै, के हुन्थ्यो, हुन्थ्यो ? बाल्यकालमा स्कूल जाने–आउँने गर्दा होस् वा घाँस–दाउरा र घरको काम गर्दा, म बाहिरका मान्छेहरुसँग फिटिक्कै बोल्दिनथेँ । घरमा १७–१८ बर्षको उमेरमा बिहेका कुरा आउँदा भने बुवाआमा र दाजुभाईसँग २० बर्ष नपुगी त म मरिगए गर्दिन भन्थें । त्यही हो । ज ैविक विविधता संरक्षण ः द्द त्यसैबेला सामुदायिक वनले दिएको तालिममा सहभागी भएपछि भने मभित्र गुम्सिएको नेतृत्व जागेर आयो भन्नुपर्छ ।

त्यो क्षण याद छ, शुरुमा हलमा पसेपछि करिब २५ जनाको समुहमा म बीचमा बसेकी थिएँ । अरुले परिचय दिँदा पनि आफ्नै पालोमा कसरी भन्ने होला, के भन्ने होला, बोल्दा बिग्रिन्छ कि भन्ने डरले अत्यास लागेजस्तो भएको थियो । मन नै थीरमा थिएन् । तर जसोतसो परिचय दिएपछि बल्ल मन ढुक्क भयो । मन मनै लाग्यो, मैले एउटा युद्ध जिते । अनि तालिमका दौरानमा प्रशिक्षकहरुले बोल्ने कसरी, आत्मविश्वास बढाउने कसरी ? जस्ता कुरा सिकाउन थालेपछि कताकता, परेपछि बोल्न सकिँदो रहेछ भन्ने भयो ।

अनि त त्यसैदिन मभित्र अलिकति आँट बढेजस्तो भयो । भोलिपल्ट त म फेरिएँ नै । दुईदिन भित्रै मैले धेरै कुरा सिकेँ । मेरो विश्वास जागेर आयो । अहिले आफैलाई अचम्म लाग्छ त्यो सम्झिँदा । अनि त्यहीँबाट मेरो बाटो मोडियो । वन जगल हाम्रा ं े नियमित कामकाजको थलो जस्तै थियो । घाँस दाउरा गर्नैपथ्र्यो । जगंली जनावरको त्रासबाट जोगिनु पनि छँदै थियो । त्यहीक्रममा फेरि अर्को १६ हप्ते सिकाई कार्यक्रममा सामेल हुने मौका मिल्यो ।

सामुदायिक वन उपभोक्ता महासंघले वन संरक्षण, महिला अधिकार, उपभोक्ताका हित जस्ता कुराहरु सिकायो । म धेरै सिक्ने र प्रष्ट कुरा राख्ने भएँ । त्यसपछि क्रमशः हामीले गाउँ सफाई, वन संरक्षण, टोलस्तरमा जाँडरक्सी रोकथाम जस्ता अभियान थाल्यौं । वनशक्ति सामुदायिक वन र हाम्रो गाउँ भारतसँग सिमा जोडिएकोले वनमा चोरी शिकारी बढी हुन्थ्यो । भारतीयहरु जंगलमा पसेर घाँस दाउरा, काठपात लैजान्थे । त्यसपछि हामी दिदीबहिनीले जंगल बचाउनुपर्छ भनेर चोरी रोकथाम गर्न थाल्यौं । गर्दै जाँदा म अगुवा नै भएँ ।

संरक्षणमा लाग्दा भारतीयहरुले यता आए मार्छौ, खुब जान्ने भएकी भनेर धम्की दिन थाले । मैले पनि सक्ने भएर मारे हुन्छ, तर आक्रमण गरेमा बाँकी राख्दिन् भनेर चेतावनी पठाएँ । त्यसयता अहिलेसम्म काम गरेकैं छु, तर कसैल के ेही गरेको छैन् । त्यसैबेला म पहिलो पटक गाउँबाहिर हेटौडा गएर नेतृत्व र संरक्षणको घ तालिम लिएँ । फेकोफनले त्यहाँ पनि धेरै कुरा सिकायो । अनि थप उर्जा मिल्यो । त्यसपछि २०७२ सालबाट चोरी शिकारी नियन्त्रण समितिको सदस्य बन्ने अवसर पाएँ ।

गाउँमा बसेपनि शहरमा भएपनि वन त सबैलाई चाहिन्छ भन्ने लाग्छ मलाई । त्यसैले कहीँकतै वनमा चोरी निकासी भएको थाहाँ पाएमा तत्काल पुग्ने, वन्यजन्तुमाथि आक्रमण वा वन्यजन्तुले मानवलाई आक्रमण गरेका घटनामा तत्काल पुग्ने गर्दै अघि बढ्दा मलाई वन र वन्यजन्तु संरक्षणले तान्यो । जैविक विविधता, वातावरण, महिला अधिकार जस्ता कुरा थाहा भयो । अनि काम गर्दै अघि बढ्दा म उक्त समितिको अध्यक्ष भएँ । मेरो सक्रियताले मलाई त्यहाँ पु¥यायो ।

म चोरी शिकारी गर्दिन, अरुलाई गर्न पनि दिन्न भन्ने मान्यतालाई कार्यान्वयन गर्दै अघि बढ्दा हामीले धेरै काम गरेका छौं । गाउँमा नौलो मान्छे आएमा किन, केका लागि जस्ता कुराको अनुगमन गर्ने, आवश्यक परे सामुदायिक वन उपभोक्ता समुहदेखि सुरक्षा निकायसम्मलाई थप सुचना दिने गर्दै आएकी छु । मानव र वन्यजन्तुबीच द्धन्द कम गर्ने, क्षति भए क्षतिपूर्ति कसरी उपलब्ध गराउने भन्नेमा पनि मैले विशेष पहल गर्छु । अरु सारा कामभन्दा यो नै मेरालागि महत्वपूर्ण बनेको छ ।

यी काम गर्दै जाँदा स्थानीय महासंघका भेला, छलफलमा सरिक हुँदै अहिले म सामुदायिक वन उपभोक्ता महासंघ पर्साको सदस्य समेत छु । मलाई सामुदायिक वनले यति धेरै सिकाएको छ, त्यसैले मैले पनि सामुदायिक वन, उपभोक्ता र समुहमा काम गर्नुपर्छ भन्ने लाग्छ । म भर्खर हिड्दै छु । महिला र वन एकअर्कामा अन्योन्याश्रित छन् । सामुदायिक वन उपभोक्ता महासंघ वन जोगाउने र उपयोग गर्ने संस्था मात्रै हैन, यो त महिलालाई अघि बढ्न सिकाउने र समाज परिर्वतन गर्दै उपभोक्ताको आर्थिक विकासका काम पनि गर्ने संस्था हो भन्ने मलाई राम्ररी थाहा छ ।

त्यसैले भविश्यमा अझ धेरै काम गर्नुपर्छ भन्ने लाग्छ । सामुदायिक वन महिलाहरुका लागि कति महत्वपूर्ण छ र त्यसले कस्तो परिर्वतन गर्छ भन्ने उदाहरण स्वयं म आफैँ पनि हुँ ।

शान्ति थापा, वनशक्ति सामुदायिक वन, पर्सा

प्रकाशित मिति : 24 मे 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस