भब्य रुपमा कार्यक्रम गरी महासंघले स्थापना दिवस मनाउदै

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २६ वर्ष पुरा गरी २७ आ वर्षमा प्रवेश गरेको अवसरमा देशब्यापी रुपमा भब्य रुपमा कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । महासंघका अध्यक्ष भारती पाठकले प्रदेश, जिल्ला तथा स्थानीय महासंघले स्थापना दिवस भब्य रुपमा मनाउन लागेको जानकारी दिनुभयो ।

वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ मनाउन लागिएको कार्यक्रममा सहयोग पुरयाउनु हुने सवै निकाय संघ संस्था लाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल देशभर रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिमूलक छाता संगठन हो । हाल देशभर २२,४१५ सामुदायिक वन हस्तान्तरण भएका छन जसमा २९,२७,३२९ घरधुरीले २२,७२,३५६ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन । सामुदायिक वन उपभोक्ता समुहको अधिकार रक्षार्थ २०५२ जेष्ठ १८ गते महासंघको स्थापना भएको हो ।

हाल महासंघ अन्र्तगत ५४३ स्थानीय महासंघ, ७७ जिल्ला महासंघ र ७ वटै प्रदेश महासंघ सकृय रुपमा क्रियाशिल रहेका छन । हरेक वर्ष जस्तै यस वर्ष २०७९ जेष्ठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले २६ वर्ष पुरागरी २७ औं बर्षमा प्रवेश गर्न लागेको हो ।

प्रकाशित मिति : 31 मे 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस