सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको २७ औँ स्थापना दिवस

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको २७ औँ स्थापना दिवस राष्ट्रिय सभाको अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना ज्यूको प्रमुख आतिथ्यता र महासंघकी अध्यक्ष भारती पाठकको अध्यक्षतयमनामा जावलाखेल स्ताफ कलेजमा सम्पन्न भएकोछ ।

स्थापना दिवसमा महासंघका संस्थापक र पूर्व अध्यक्ष हरि प्रसाद न्यौपाने, भीम प्रसाद श्रेष्ठ, घनश्याम पाण्डे, अप्सरा चापागाईँ र गणेश कार्कीलाई महासंघ दिवसको अवसरमा गरिएको छ । साथै वन वातावरण क्षेत्रमा कलम चलाउने कान्तिपुरका रामकृष्ण भण्डारी र गोरखापत्रका रिपोर्टर योदवी हमाल पनि सम्मानित हुनुभएको छ ।

स्थापना दिवसमा प्राकृतिक स्रोत वित्त आयनेगमा अध्यक्ष माननीय बालानन्द पौडेल पूर्व मन्त्रीहरु पार्वत गुरुङ, शक्ति बस्नेत र शेखर भण्डारीले स्थापना दिवसको शुभकामना दिँदै वन वातावरण प्राकृतिक स्रोत संरक्षणमा योगदान पु¥याउने समुदायकसमृो योगदानको सम्मान हुनुपर्ने आर्थिक समृद्धि संग शक्ति र समुदायलाईजोडेर लैजानु पर्ने नीतिमा स्पष्ट ब्यवस्था र कार्ययोजना हुनुपर्ने वताउनुभयो ।कार्यक्रमा वन विज्ञ डा. भरतपोखरेल र महासंघका सचिव ठाकुर भण्डारीले प्रस्तुति गनुभएको थियो ।

कार्यक्रममा तिन सय पचास भन्दा वढी सरोकारवाला र उपभोक्ताहरुको महत्वपूर्ण उपथिती उत्साहजनक रहयो । कार्यक्रmमा महासंघको आगामी २५ वर्षे मार्गचित्र प्रस्तुुत गर्दे प्रमुख अतिथी तिमिल्सीनाले वज क्षेत्रलाई हरीयाली सहित समुदायको समृद्धीसंग जेड्ने वताउनसभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ लगाएतका नागरिक समाजका प्रमुख प्रतिनिघीका ले शुभकामना दिदै सामसदायिक वनको योगदान अन्तराष्टिय जगतमा चलेको विषय भएmाो तर नेपाल सरकारले समुदायको लागि खासै योजना ल्याउन नसकेको वताउदै आगामि दिनमा सामुदायिक संगठन, नागरिक समाज, स्थानीय समुदाय आदिवासी जनजाति महिला दलित र सिमान्तकृत समुदायको प्राकृतिक स्रोतमा अधिकार स्थापित गर्न संगठित भएर अगाढी वढने बताउनसभयो ।

महासंघका अध्यक्षले आगमी २५ वर्षे मार्गचित्र लाई कार्यन्वयन गर्न चार चार वर्षको रायानीति निर्माण गर्दे अगाढी वढने बताउनुयो । कार्यक्रममा महासंघका महासचिव विर्ख वहादुर शाही ले सञ्चालन गर्नु भएको थियो । महासंघको आगामी गन्तक्य सामुदायिक अधिकार र वनको दिगो ब्यवस्थापन ः समृद्धि सुशासन र आत्मनिर्भर संगठनमा केन्द्रित रहने छ ।

प्रकाशित मिति : 1 जुन 2022, बुधवार
प्रतिक्रिया दिनुहोस