तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम भव्यताका साथ सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा रेडप्लसमा स्थानीय समुदाय र नागरिक समाज संगठनहरूको क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत प्रशिक्षक प्रशिक्षण तालिम २०७९ जेष्ठ २५ गते देखी २७ गते सम्म काठमाडौमा सम्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक वन उभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठकको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमको उद्घाटन र अन्य सत्रहरूमा रेड प्लस कार्यान्वयन केन्द्रका प्रमुख तथा विश्व बैंक , अन्साबलगायतका प्रतिनिधीहरूले सहभागिता जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा उत्सर्जन न्युनिकरण कार्यक्रम लागु भएका जिल्लाहरूबाट महासंघका प्रदेश, जिल्ला र स्थानीय संरचनाका पदाधिकारीहरू एवं लामो समयदेखि समुदायमा स्थानीय सहजकर्ताको भुमिका निभाउँदै अएका प्रशिक्षकहरूको सहभागिता रहेको थियो । २७ जना सहभागी रहेको उक्त कार्यक्रममा विष्णुहरि पौड्याल, दिलराज खनाल र रमेश तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो ।

यस तालिममा रेडप्लसका आधारभूत पक्षहरूमा पर्याप्त जानकारी, ज्ञान, सीप र क्षमताको विकास गर्दै उत्सर्जन न्यूनीकरण कार्यक्रमहरूको कार्यान्वयन र लाभ बाँडफाँडमा स्थानीय समुदायहरूको पूर्ण र प्रभावकारी सहभागिताको बारेमा सहभागीहरूलाइ सहजिकरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरूले अफ्नो जिल्लामा गएर गर्नुपर्ने मुख्य क्रियाकलापका विभिन्न पक्षहरूबारे कार्ययोजना तयार गरेका छन् ।

प्रकाशित मिति : 12 जुन 2022, आइतवार
प्रतिक्रिया दिनुहोस