वन नियमावली २०७९ विरुद्ध विरोधका कार्यक्रम गर्छों: अध्यक्ष पाठक

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन नियमावली २०७९ विरुद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयबाट मिति २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संबिधान, संघियता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार बिरोधी भएकोले सो वन नियमावली २०७९ तत्कार खारेज गराउनका लागि समुदायस्तरदेखि केन्द्रियस्तरसम्म सशक्त आन्दोलन गर्न राष्ट्रिय महासंघ सचिवालयको मिति २०७९ असार २० गतेको बैठकले निर्णय गरेको हो ।

साथै प्रदेश, जिल्ला, पालिका तथा समूहस्तरमा पनि वन नियमावली २०७९ खारेज गराउन दबाव दिनको लागि प्रदेश वन मन्त्रालय, डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयमा ज्ञापन पत्र बुझाउने, वन नियमावली २०७९ दहन गर्ने लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु तय गरी कार्यान्वय गर्न गराउन प्रदेश तथा जिल्ला महासंघलाई आग्रह समेत गरेको छ ।
महासंघले संघियत विरोधी नियमावली खारेज गर्नुपर्ने, सामुदायिक वन सातौं राष्ट्रिय कार्यशाला गोष्ठिको घोषणा पत्र विपरित वन नियमावली ल्याएको साथै महिला हिसा बढाउने वन नियमावली ल्याएको ले नियमावली विरुद्ध जस्तोसुकै आन्दोनमा जान सक्ने महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

प्रकाशित मिति : 4 जुलाई 2022, सोमवार
प्रतिक्रिया दिनुहोस