
बुटवलः सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश महासंघको आयोजनामा वैठक सम्पन्न भएको छ । वैठक पश्चात प्रदेश वन तथा वन तथा वातावरण मन्त्रि माननिय सुरेन्द्र हमालसंग छलफल र ज्ञापन पत्र दिदै लुम्बिनी प्रदेशको वन मन्त्रालय अगाडी समूदाय विरोधि वन नियमावली २०७९ जलाउने काम सम्पन्न गरेको छ ।
वन ऐन २०७६ लागु भएको ४ वर्षसम्म स्वार्थ समूह, विचौलिया वर्ग र सामुदायिक वन विरोधी तत्वहरुले निरन्तर चलखेल गरी वन नियमावली २०७९ मा संविधान, संघीयता, मानव अधिकार, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, सामुदायिक वन, गरिवमूखी कबुलियती वन र पारिवारिक निजी वन विरोधी व्यवस्थाहरु समावेश गरेको छ्, जसका कारण सामुदायिक वनमा आश्रित समग्र स्थानीय समुदायमा गंभीर रुपमा प्रतिकूल प्रभाव पर्ने भएकोले नेपाल सरकारद्धारा मिति २०७९।३।१६ मा नेपाल राजपत्रमा प्रकाशित वन नियमावली २०७९ प्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघको गम्भीर ध्यानाकर्षण हुनुका साथै सो नियमावलीमा भएका विभिन्न व्यवस्थाहरु प्रति हाम्रो आपत्ति, असहमति र विरोध रहेको छ ।
वन प्रशासनमा रहेका केही छद्मभेषीहरुले वन नियमावलीलाई कुरुप बनाउँदै स्वार्थ समूह, बिचौलिया वर्ग एवं सामुदायिक वनका साथै स्थानीय समुदाय र महिला विरोधी तत्वहरुको निहित स्वार्थको पक्षपोषण गर्ने व्यवस्थाहरु ल्याउने दुस्साहस गरियो, जसले नेपालको वन क्षेत्रमा गंभीर किसिमको प्रतिगमन हुन पुगेको छ । वन नियमावली २०७९ प्रति निम्न कारणले गर्दा सामुदायिक वन उपभोक्ता समूह, समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न नागरिक समाजको असहमति रही भविष्यमा एक सशक्त आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको छ । त्यसैले यस्तो अवस्था आउन नदिनका लागि सामुदायिक वन उपभोक्ता समूहको अधिकार, वन क्षेत्रमा मानव अधिकारको सुनिश्चितता, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, गरिवमूखी कबुलियती वन र परिवारले व्यवस्थापन गरेको वनको माग सम्बोधन हुनेगरी र स्वार्थ समूहको हस्तक्षेप हावी हुन नपाउने गरी वन नियमावलीमा तत्काल सुधार तथा संशोधन गर्नका लागि नेपाल सरकारसंग माग गरिएको छ ।
कार्यक्रममा केन्द्रिय सचिव ठाकुर भण्डारी सचिवालय सदस्य महमदकर खाँ केन्द्रिय सदस्यहरु प्रदेशका पदाधिकारी सदस्यहरु र १२ जिल्ला महासंघका अध्यक्ष लगाएत प्रतिनिधिहरुको सहभागीता रहेको थियो । वैठक भोजवहादुर विश्वकर्माको अध्यक्षता र महासचिव राममल्ल ठकुरीको संचालनमा भएको थियो । कार्यक्रममा महासंघ केन्द्रले गरेका निर्णहरु र आगामी कार्ययोजनावारे सचिव ठाकुर भण्डारीले वताउनु भएको थियो ।