“सुसासन र समृद्धी सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने नाराका साथ सामुदायिक वन दिवस २०७९ मनाउदै

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवस २०७९ “सुसासन र समृद्धी सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने नाराका साथ सप्ताहव्यापि रुपमा मनाई रहेको छ । यसै सिलसिलामा सम्माननिय पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमूख आतिथ्यतामा तथा वन तथा वातावरण मन्त्री मा. प्रदिप यादव, नेकपा माओवादी केन्द्र वन तथा वातावरण विभाग इन्चार्ज, मा. शक्ति बहादुर वस्नेत, नेपाली काग्रेस, शंकर भण्डारी, नेकपा एमालेका विसमलाल अधिकारी, वा तथा वातावरण मन्त्रालयका सचिव प्रेम कण्डेल सामुदायिक वनको अभियानमा रहेर गत निर्वाचनमा स्थानीय सरकारमा विजयी जनप्रतिनिधिहरु लगाएत विभिन्न संघ सस्थाका प्रमूख तथा प्रतिनिधिहरु र सामुदायिक वनको उपभोक्ताहरु सहित करिव हजार जनाको उपस्थितिमा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा २ वटा सामुदायिक वन उपभोक्ता समूह ४ जना पत्रकार र १०० जना भन्दा वढी सामुदायिक वन उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको विभिन्न जिम्मेवारी वहन गरेका अभियान्ताहरु जो गत स्थानिय निर्वाचनमा पैमूख तथा उपप्रभूखमा विजयी हुनु भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सामुदायिक वनका सफलताहरु र सामुदायिक वनले भोग्नु परेका चुनौतीहरु साथै आगामी सम्भावनाका वारेमा विचारहरु प्रस्तुत भएका थिए । वन तथा वातावरण मन्त्री मा. प्रदिप यादवले सामुदायिक वन उपभोक्ता समूहका अधिकार खोस्न नहुने र यदि सामुदायिक वनलाइृ असर पर्ने काम कही कतैवाट भएको भए त्यसको समाधान गर्ने वताउनु भयो ।

कार्यक्रममा सम्माननिय पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानीक वन व्यवस्थापनको नाममा वन विनास गर्ने काम भएकोले खारेज गरी दिगो वन व्यवस्थापन गर्ने निर्णय गरेको वताउनु भयो । नेपाल वन तथा वनस्पतीका लागी अनुकुल भएकोले यसको अधिकतम फाईदा लिन सकिने, काठ, फलफुल जडीवुटी खेती मार्फत समूदाय र राज्यलाई धेरै फाईदा लिन सकिने वताउनु भयो उहाले विकासका लागी वन, समृद्धीका लागी वन रोजगारीका लागी वन भन्दै वनको वहु आयामिक उपभोग गर्न सकिने वताउनु भयो । कार्यक्रममा राजनितिक पार्टीका नेता, सामाजिक संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना सहित महत्वपुर्ण विचार राख्नु भएको थियो ।

सप्ताह व्यापिरुपमा मनाई रहेको सामुदायिक वन दिवस कार्यक्रममा वृक्षारोपण कार्यक्रम, स्वदेशी तथा विदेशी विकास सामmेदार, संघसस्थासंग अन्तरक्रिया, सामुदायिक वनको आगामी सम्भावनाको बिषयमा सरोकारवालाहरुसंग परामर्श, सामुदायिक वनको सवाल र आगामी सम्भावना विषयक छलफलहरु, सामुदायिक वन अधिकारको बिषयमा जिल्ला स्तरीय विशेष भेलाहरु, सामुदायिक वनको योगदान झल्किने, गित, कविता, चित्रकला प्रतियोगिता, सामुदायिक रेडियो र सामुदायिक वन अधिकारकर्मीको बिचमा अन्तर सम्वाद, समृद्ध नेपाल सुखी नेपाली निर्माणमा सामुदायिक वनको योगदान बिषयक राष्ट्रिय कार्यक्रम तथा स्थानीय तहमा निर्वाचित सा.व.को अभियन्ता सम्मान कार्यक्रम जस्ता कार्यक्रमहरु भैरहेका छन । कार्यक्रम संघ, प्रदेश, जिल्ला, स्थानिय महासंघ र सामुदायिक वन उपभोक्ता समूहहरुले भव्य र व्यापक सहभागीतामा मनाई रहेका छन ।

प्रकाशित मिति : 9 अगस्ट 2022, मङ्गलवार
प्रतिक्रिया दिनुहोस