सामुदायिक वन अभियान्ता जिताउने अभियानामा बागमती प्रदेश महासंघ

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेश सामुदायिक वन अभियान्ता जिताउने अभियानामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दशौ पूर्ण बैठक प्रदेश महासंघका अध्यक्ष श्री विनोद सापकोटाको अध्यक्षता र केन्द्रिय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भयो ।

बैठकमा प्रदेश सदस्य र जिल्ला अध्यक्षहरुको विषयमा महत्वपुर्ण छलफल भयो । बैठकमा सामुदायिक वनको माग सम्बोधन गरिएको दलको घोषणा पत्र जनताको विचमा लैजाने र बागमाती प्रदेशका सामुदायिक वन अभियान्ता निर्वाचित गराउन सकृय रुपमा लाग्ने महासंघको निर्णय भयाे । गाँउ गाँउमा समृद्ध नेपाल सुखी नेपाली निर्माणमा सामुदायिक वनको योगदान व्यापक अभियान संचालन गर्ने र सामुदायिक वनको अभियान्ता सम्बन्धित क्षेत्रमा परिचालित भई सामुदायिक वन अभियान्ताको विषयमा आवाज बुलन्द गर्ने ।

बैठकमा केन्द्रिय महासचिव बृर्ख बहादुर शाही, केन्द्रिय सदस्यहरु, रामकृष्ण बोहोरा, ढाल विक्रम श्रेष्ठ, शान्ता न्योपाने, नारायण नेपाल, लगायतकाहरुले आ आफ्नो विचार राख्नु भयो ।

प्रकाशित मिति : 14 अक्टोबर 2022, शुक्रवार
प्रतिक्रिया दिनुहोस