चार दिने वित्तीय साभरता तालिम सुरु

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र FFD को सयुक्त आयोजनामा मिति २०७९ असोज २९ गते देखी कार्तिक १ गते सम्म चार दिने वित्तीय साभरता तालिम सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका महासचिव विर्ख बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस तालिमको प्रशिक्षण का अध्यक्ष गौरव थापाले गर्नु भएको थियो । यस तालिममा दाङ तुलसिपुरको अमृतपुर सहकारी सामाजिक उद्यमी संस्था तथा चितवनको सुन्दरदीप महिला माछापालन सहकारी संस्थाका लेखा समितिका संयोजक तथा सदस्यहरु, कृर्षि वनमा आधारित उद्यमीहरु र विभिन्न जिल्ला महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : 15 अक्टोबर 2022, शनिवार
प्रतिक्रिया दिनुहोस