महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकलाई फेकोफन मकवानपुरद्वारा सम्मान

हेटौंडा \ सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकलाई शुक्रवार हेटौडामा सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले पाठकलाई बागमती प्रदेशको सदस्य निर्वाचित भएको अवसरमा सम्मान गरेको हो । पाठकलाई नेकपा एमालको तर्फबाट समानुपातिक सदस्य हुनु भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पाठकले आफू सदैव सामुदायिक वनको पक्षमा काम गर्ने बताईन । सभामा आफूले सामुदायिक वनको ऐन र कानून उपभोक्तामुखी बनाउन भूमिका खेल्ने बताईन ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रम फेकोफन केन्द्रीय सचिवालय सदस्य भरत घले,बागमती प्रदेश सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, सुन्दर सामुदायिक वनका अध्यक्ष खेम राना, बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाद दुलाल, भैरबडाडाँ सामुदायिक वनका अध्यक्ष उत्तम प्रसाद पौडेल, समुहका उपभोक्ता लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : 30 डिसेम्बर 2022, शुक्रवार
प्रतिक्रिया दिनुहोस