७ प्रदेश र ७७ जिल्ला महासंघसंग सामुदायिक वन सवाल र आगामी सम्भावनाबारे समन्वयात्मक बैठक काठमाडौंमा

सामुदायिक वन उपभोक्ता महासंंघ नेपालले आज २०७९ पौष १६ गते काठमाडौंमा प्रदेश अध्यक्ष्न र जिल्ला अध्यक्षहरुसंग सामुदायिक वनको सवाल र आगामी सम्भावना र योजनाको बिषयमा समन्वयात्मक बैठक शुरु भएको छ । जिल्लाका अध्यक्षहरुले जिल्लाहरुमा सामुदायिक वन समूहले भोगेका समस्याहरु सम्बोधन गर्न सरकार र महासंघसंग आग्रह गर्नु भयो । जिल्लामा वन्य जन्तुको समस्या, वन व्यवस्थापनमा अन्यौलता छ ।

 

सामुदायिक वनले वन पैदावार उपभोग गर्न पाएका छैनन् । सामुदायिक वनमा कार्ययोजना अलपत्र अवस्थामा रहेको छ । यो समस्या समाधानमा सरकार र महासंघ तत्काल लाग्नु पर्छ । भन्नुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. सिन्धु ढुंगाना, उप महानिर्देशक नवराज पुडासैनी र दिलराज खनालले प्रस्तुती गर्नु भएको हो ।

समन्वयात्मक बैठकमा महासंघको सांगठनिक गतिविधिमा छलफल गरिने र आगामी चार बर्षे रणनीति निर्माणमा जिल्ला र प्रदेशमा परामर्श गरिने अध्यक्ष पाठकले बनाउनु भयो । कार्यक्रममा सहजिकरण पूर्व अध्यक्ष घनश्याम पाण्डे, संचालन महासचिव बिर्ख बहादुर शाही र स्वागत उपाध्यक्ष भीम प्रकाश खड्काले गर्नु भएको थियो । कार्यक्रममा महासंघको विधान नियमावलीमा सचिव ठाकुर भण्डारीले सहजिकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : 31 डिसेम्बर 2022, शनिवार
प्रतिक्रिया दिनुहोस