फेकोफन स्याङजाको अध्यक्षमा तारा

पोखरा, ९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङजाको छैठौ अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
चारबर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दिपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञ प्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी रेग्मी निर्वाचित हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा डिल्लिराम भण्डारी, गोकुलराना, बलराम गिरी, सन्जु विश्वकर्मा, पर्वत आम्वा, सूर्यन्द्र प्रसाद रेग्मी, देवीकुमारी सिग्देल, नारेन्द्र बहादुर के.सी. बुद्धि विश्वकर्मा, सन्तोषी शाही, विमला खत्री, दिपेन्द्र सुवेदी,झंकनाथ सुवेदी, दुर्गा नेपाली, यदुराज उपाध्याय,केदारनाथ पौडेल, डिलमाया रेग्मी र सुमित्रा पौडेल रहनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले अधिवेशनको उद्घाटन गर्दै मुलुकमा वन पैदावार उपयोग गर्ने सहज नितीको खाँचो औल्याउनु भयो ।
जिल्ला महासंघ श्याङजाको छैठौ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सामुदयिक वन पैदावार निकासीमा कानूनी अड्चनको कारण हरियो वन समृद्धिको आधार बन्न नसकेको स्पष्ट पार्नुभयो ।
“सामुदायिक वन उपभोक्ता महासंघ धर्म, विचार र भूगोलको हिसावले प्रतिनिधित्व गर्ने संगठन होइन” उहाँले भन्नुभयो, वन क्षेत्रमा वहुमुल्य काठ, जडिवुटी कुहिएर खेर जाने र खरवौ रुपैयाको काठ आयात गर्ने प्रवृतिको अन्त्य हुनुको विकल्प छैन ।

महासंघले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै आएको उल्लेख गर्दै उहाँले वन पैदावार उपयोग गर्ने निती निर्माणमा तिनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।
निकुञ्ज र संरक्षण क्षेत्र विस्तार होईन, प्राकृतिक श्रोतको संरक्षण, प्रवद्धन र उपयोग स्थानीय जनसमुदायको मौलिक अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।

गण्डकी प्रदेश सभा सदस्य सुधिर पौडेलले महासंघ राजनैतिक परिवर्तनको पहिलो खड्किलो रहेको बताउँदै संरक्षण गर्नेले निर्वाधरुपमा उपयोग गर्ने निती आवश्यक रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले स्थानीय जनतालाई सर्वसुलभ तरिकाले वन पैदावार उपग गर्नका लागि डिभिजन र सवडिभिजन कार्यालयको अधिकारलाई स्थानीय तहमा हस्तान्तरण गरिनुको विकल्प नभएको वताउनुभयो ।

 

कृषि वन, पर्यापर्यटन विकाससंगै वन उद्यम सञ्चालन गर्दा वाह्रय नभई समुहबाटै हुनु पर्नेमा जोड दिंदै स्थानीय पालिकाले वन ऐन निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक वनका बिभिन्न पदमा रहि कार्य सम्पादनका क्रममा स्थानीय र प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

महासंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोजा गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल,फेदीखोला गाउँपालिकाका अध्यक्ष धनश्याम पौडेल, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, नेकाका सुरजकुमार अधिकारी, राप्रपाका पदम श्रेष्ठ, पत्रकार ओमप्रकाश शर्मा लगायतले सामुदायिक वनको महत्व र उपयोगीता बारेमा चर्चा गर्नुभएको थियो ।

अधिवशेनमा दोवबहादुर कार्कीले सांगठनिक र कोषाध्यक्ष सिता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : 21 अप्रिल 2023, शुक्रवार
प्रतिक्रिया दिनुहोस