गण्डकी प्रदेश महासंघको दोस्रो अधिवेशन कास्कीमा सम्पन्न

पाेखरा। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश महासंघको दोश्रो अधिवेशन प्रदेश महासंघका अध्यक्ष कालिदास सुवेदिको अधक्षतामा र महासंघका केन्द्रीय अध्यक्ष तथा वाग्मती प्रदेश सांसद भारती पाठकको प्रमुख आतिथ्यतामा कास्की पोखरामा उद्घाटन भएको छ ।

दोश्रो अधिवेशनमा ८०० भन्दा बढ़ी उपभोकताहरु ११ जिल्ला बाट उपस्थिति तहेको थियो । कार्यक्रमका प्रमुख अतिथि भारती पाठकले भन्नु भयो, ” प्राकृतिक श्रोतका मालिक स्थानीय जनता हुन जसको संरक्षण र व्यवस्थापन तिनै जनताले गर्न पाउनु पर्छ । हिजो वन संरक्षणको आवश्यकता थियो भने आज वन लाई उत्पादन र रोजगारी सँग जोड्नूपर्दछ । सरकार नियन्त्रणमुखी भएको छ ।

सहजीकरणमा ध्यान दिनु पर्ने राज्य संरचना श्रोत नियन्त्रण गर्न चाहन्छ । ” वनको दिगो व्यवस्थापनमा सरकारले ढीलाई गरिरहदा समृद्धि पूरा हून सक्दैन , पाठकले भन्नु भयो । साथै गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष लगायत केन्द्रीय महासचिव, उपाध्यक्ष लगायत सबै पदाधिकारीहरुले संगठन बलियो बनाएर अगाडि बढ्न ११ जिल्लाका पदाधिकारीहरुलाई निर्देशन दिनु भयो ।

 

प्रकाशित मिति : 1 मे 2023, सोमवार
प्रतिक्रिया दिनुहोस