मधेश प्रदेशको अधिवेशन सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन आज धनुषामा सम्पन्न भएको छ । प्रदेश सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय अध्यक्ष माननीय भारती पाठकको विशिष्ट अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका पदाधिकारी लगाएत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामचन्द्र मण्डलले सामुदायिक वनको सवलमा आफ्नो धारणा राख्दै प्रदेश वन ऐन बनाउदा उपभोक्ताको हितलाइ मध्यनजर गरेर वनाइएको बताउनुभयो ।

अव नियमावली तथा निर्देशिका वनाउदा पनि महासंघसंग आवश्यक सुझाव लिने र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर बनाउने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी महासंघका अध्यक्ष भारती पाठकले संघ र प्रदेशमा देखिएको अन्यौलताले सामुदायिक वनलाई गंभिर असर पारिरहेको बताउनुभयो । उहाले सामुदायिक वन उपभोक्ता समूहको अधिकार, वन क्षेत्रमा मानव अधिकारको सुनिश्चितता, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुका लागि आफु अहोरात्र खट्ने समेत बताउनुभयो ।

वन वातावरण र जैविक विविधता संरक्षणका लागि सामुदायिक वन नै सर्वोत्तम रुपमा सफल भएको कुरा सर्वत्र रुपमा पुष्टि भइसकेको बताउदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र राजनीतिक दलहरु समेतले निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र लगायतका थप केन्द्रिकृत संरक्षित क्षेत्रहरु घोषणा गर्न तल्लिन रहेको देखिएकोले उक्त कार्य तत्काल रोकी सामुदायिक वनका माध्यमबाट वन, वातावरण र जैविक विविधता संरक्षण गर्ने अभियानलाई निरन्तरता दिई दिनुपर्ने बताउनुभयो । उद्धघाटन सत्रमा माननीय सारदा थापा, महासंघका उपाध्यक्ष भिम प्रकाश खडका, महासचिव विर्खवहादुर शाही सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम लगाएतले वोल्नु भएको थियो ।

वन्द सत्र कार्यक्रममा सांगठनिक प्रतिवेदन तथा आर्थीक प्रतिवेदन प्रश्तुत भै सुमmाव सहित पास गरिएको थियो । अधिवेशनले सोम प्रसाद सर्माको अध्यक्षतामा उपाध्यक्ष मोहमद यूनिस महासचिव रिता कुवर सचिव चन्द्र बहादुर थापा कोषध्यक्ष राजकुमारव् चौधरी सहित ३३ जनाको कार्य समिती गठन गरी सम्पन्न गरिएको छ ।

 

प्रकाशित मिति : 2 मे 2023, मङ्गलवार
प्रतिक्रिया दिनुहोस