वनलाई उत्पादनसंग जोडेर समृद्धिको आधार तुल्याउनु पर्नेः अध्यक्ष पाठक

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आज रुपन्देही मा सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै महनसंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक वनमा निरन्तर रुपमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने कार्य गरिदै आएको बताउनसभयो ।

संघीय वन नियमावली र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्थाहरु हटाई तत्काल सुधार गर्न, संरक्षित क्षेत्र विस्तार गर्ने कार्य तत्काल रोक्न, तेहेरो कर खारेज गराउन र वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउनका लागि नेपाल सरकार र प्रदेश सरकार समक्ष हार्दिक आग्रह गर्नुभयो । वनलाई आम्दानीको मुख्य स्रोत वनाउनुपर्ने वताउदै यसलाई उत्पादनसंग जोडेर समृद्धिको आधार तुल्याउनु पर्ने उल्लेख गर्नुभयो ।

सामुदायिक वनलाई पर्यटकीय गन्तब्य वनाउदै पर्यपर्याटन वाट नेपालले थुपै फाईदा लिन सक्ने वताउनु भयो । साथै उहाँले सामुदायिक वनलाई उद्यमसंग जोड्नका लागि कुनै पनि कानूनी वाधालाई फुकाएर वन पैदावार उद्योग सञ्चालनमा सहज वातावरण सिर्जना गनुपर्ने उहाको भनाइ थियो । कार्यक्रममा सहभागिहरुले वनको दिगो व्यवस्थापनका लाागि तर्जुमा गरिएको मापदण्ड उपभोक्ता समूहको अधिकार सुनिश्चित हुनेगरी अन्तिम रुप दिई तत्काल लागु गर्न माग गर्दै वनको दिगो व्यवस्थापनका माध्यमबाट वन पैदावारको उत्पादकत्व बढाई काठ लगायत वन पैदावारमा नेपाललाई आत्मनिर्भर बनाई विदेशी काठ आयात प्रतिस्थापन गर्न माग गरेका छन ।

विकास आयोजना निर्माणका लागि सामुदायिक वनको जग्गा उपभोग गर्ने भनी व्यापक दवाव सिर्जना हुँदै आएको अवस्थामा आफ्ना कानूनी अधिकार (क्षतिपूर्ति पाउने, कटान गरिएका काठ समूहले पाउने, आयोजनाको शेयर तथा लाभमा हिस्सेदार हुन पाउने, सञ्चालक समितिमा प्रतिनिधित्व हुने आदि) सुनिश्चित् गरेर मात्र उपभोक्ता समूहबाट सहमति पत्र उपलब्ध गराउने तर्फ सचेत हुनका लागि उपभोक्ता समूहमा हार्दिक आव्हान गर्दै प्रभावित समुदायको पूर्वसूचित सहमति लिएर मात्र आयोजना सञ्चालन गर्नका लागि परियोजनाहरुसँग अग्रह गरिएको छ ।

प्रकाशित मिति : 3 मे 2023, बुधवार
प्रतिक्रिया दिनुहोस