वन पैदावारको संरक्षण र दिगो व्यवस्थापनबाटै समुदायको उन्नती हुन सक्नेः अध्यक्ष भण्डारी

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी, लुम्बीनी, कर्णाली, र सुदुरपश्चिम प्रदेशका करिव ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका अध्यध्य ठाकुर भण्डारीले सामुदायिक वनका माध्यमबाट जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको संरक्षण र दिगो व्यवस्थापन हुँदै आएको बताउनु भयो । उहाँले स्थानीय समुदायको अधिकार सुनिश्चित गर्नका लागि स्थानीय वन ऐन मार्फत नै कार्य प्रक्रिया अगाढी बढाउनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहको अधिकार, वन क्षेत्रमा मानव अधिकारको सुनिश्चितता, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिको अधिकारका अधिकारका लागि स्थानीय स्तरमा रहनुभएका पदाधिकारीहरुलाई स्थानीय सरकार समक्ष कुरा उठाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष भारती पाठकले प्राकृतिक वन तथा कार्वन माथिको अधिकार कतौति गर्ने र उपभोक्ता समूहको पूर्वसूचित सहमति नलिई नेपाल सरकारले विभिन्न बहुराष्ट्रिय कम्पनी तथा यिनीहरुका गठबन्धनलाई वन क्षेत्रको कार्वन विक्री गर्ने सम्झौता गरिरहेकोले उक्त कार्य तत्काल बन्द वन्द गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले वन पैदावारमा आधारित लघु उद्यम तथा घरेलु उद्योग र सामुदायिक वन उद्यम सहकारी संस्थाको विकासमा सामुदायिक वनले गर्दै आएको योगदानको कदर गर्नु भयो । उहाले सामुदायिक वनका माध्यमबाट वन उद्यम सञ्चालन गर्ने, स्वदेशी काठ सदुपयोगलाई प्रवद्र्धन गर्ने, कृषी वन कार्यक्रम सञ्चालन गर्ने, वनलाई रैथाने खाद्य सुरक्षाको माध्यम बनाउने, चरीचरनसम्बन्धी आदिवासी समुदायको पुर्खौली अभ्यासको सम्मान गर्ने र वन पैदावारमा आधारित प्रथाजनित अभ्यास एवं परम्परागत ज्ञानको प्रवद्र्धन गर्ने कार्यका लागि अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार लगायत सबै पक्षसँग आव्हान गर्नुभयो ।

 

प्रकाशित मिति : 9 जुन 2023, शुक्रवार
प्रतिक्रिया दिनुहोस