कानूनमा टेकेर वन पैदावार निर्वाधरुपमा निकाल्न पाउने व्यबस्था हुनुपर्ने

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनमा दुई दिन् तथ्याङ्ख प्रमाणिकरण मापन कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक वनमा गरिएको उक्त कार्यक्रमबाट सहि तरिकाले तथ्याङ्ख प्रमाणिकरण गर्न सहज हुने तथ्याङ्ख संकलन गर्नका लागि आगामी दिनमा सहज हुने महासंघका तथ्याङ्ख अनुगमन तथा अभिलेखिकरण अधिकृत सुजन खनालले जानकारी गराउनु भयो । कार्यक्रममा अहिलेको जल्दोबल्दो समस्याका विषयमा बोल्दै मकवानपुर जिल्ला अध्यक्ष साधुराम चौलागाइले तत्काल दिगो वन ब्यवस्थापनको राष्ट्रिय मापदण्ड वनाएर उपभोक्तालाई ढलापढा, सुखा खडा र उमेर पुगेका वन पैदावार कानूनमा टेकेर निर्वाधरुपमा निकाल्न पाउने व्यबस्था गरिदिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा लैगिक समानता तथा सामाजिक समावेशिकरण संयोजक गंगा विष्टले नेपाल विश्वमा सामुदायिक वनको देश भनेर चिनिने गरेको र सामुदायिक वनहरुले गर्दा नेपालमा विभिन्न किसिमका आयआर्जन मुलुक तथा अन्य हरेक तरिकाबाट नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको र यसले मानिसहरुको जिविकोपार्जनमा सकरात्मक प्रभाव परेको बताउनुभयो । साथै सामुदायिक वनमा स्थानिय समुदाय, आदिबासी जनजाती महिला, युवा, सिमान्तकृत समुदाय, सामुदायिक वन उपभोक्ता समुह संम्लग्नता रहेकोले नीति नीर्माण गर्दा यस्ता वर्ग तथा समुदायको संलग्नता रहनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : 19 जुलाई 2023, बुधवार
प्रतिक्रिया दिनुहोस