सामुदायिक वनको कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तुमा छलफल

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा सामुदायिक वनको कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तुमा छलफल कर्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महासंघका अध्यक्ष ठाकुर भण्डारीले नेपालको सामुदायिक वन विश्वमा नमुना वन रहेको बताउदै कार्ययोजनामा महिला, आदिवासी जनजाति, दलित लगाएत सम्पूर्णको आवाज वुलन्द हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष वृख वहादुर शाहीले जलवायु परिवर्तन नेपालको ठुलो समस्या रहेको बताउदै यस विषयवस्तुलाइ कार्ययोजनामा समवेश गर्नुपर्ने बताउनु भयो । सामुदायिक वन सुनिश्चितता कार्यक्रमका नेपाल स्थित फोकल पर्सन डा. गंगाराम दाहाल ले सवै वर्ग समुदाय तथा समुहको संलग्नतामा ब्यापक छलफल गरेर समुदायको आवश्यकता र कानूनमा आधारीत भएर कार्ययोजना तयार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका महासचिव पार्वता गौतमले आदिवासी जनजातिका प्रथाजनित अभ्यासलाई समेत मध्यनजर गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष भारती पाठकले वन भनेको काठ दाउरा मात्र नभएर यस संग जलस्रोत, गैर काष्ठ, औषधिजन्य वनस्पती, पारिस्थितीक पद्दती लगाएतका विषयवस्तु समावेश भएको बताउनुभयो । स्थानीय सरकारले लाभको बाँडफाड गर्दा उपभोक्ता समुहका विचमा समन्वय र साझेदारीमा गर्नुपर्ने बताउनुभयो ।

महासंघका कार्यकारी निर्देशक डा. सीता अर्यालले सामुदायिक वनको कार्ययोजनाको निर्माण प्रकृया जानकारी गराउदै सामुदायिक वनको कार्ययोजना वनाउदा वन श्रोतको संम्भावना र समुदायको आवश्यकताको विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिप्रेड नेपालका अध्यक्ष पासङ शेर्पाले आदिवासी जनजातिको संलग्नतामा प्रथाजनित अभ्यास, फाइदा बाँडफाँडमा तथा कार्ययोजनामा समावेश गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दिगो वन संयोजक डा. अर्जुन चापागाईले सामुदायिक वनको कार्ययोजनामा राख्नु पर्ने मुख्य विषयबस्तुको बारेमा जानकारी गराउदै कार्यक्रमलाई सहजिकरण गर्नुभयो ।

प्रकाशित मिति : 26 जुलाई 2023, बुधवार
प्रतिक्रिया दिनुहोस