पाँच दिने बजार विश्लेषण तथा विकास तालिम शुरु

भक्तपुर । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल अन्तर्गत वन तथा कृषि सहज कार्यक्रमको आयोजनामा पाँच दिने बजार विश्लेषण तथा विकास तालिम २०८० भाद्र २४ गते भक्तपुरको सल्लाघारी, भक्तपुर गेष्ट हाउसमा शुरु भएको छ ।

उक्त कार्यक्रम फेकोफनका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रममा विभिन्न १० जिल्लाका सामुदायिक वनमा आधारित उद्यमीहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको संचालन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका महासचिव पार्वता गौतमद्धारा संचालन भएकाे, वरिष्ठ उपाध्यक्ष वृख बहादुर शाहीले स्वागत मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन सम्बन्धी उद्यमशिलता विकास तथा चुनौतिहरुको बारेमा प्रस्तुति दिनुभएको थियो ।

यस कार्यक्रमको सहजीकरण रामजी प्रसाद न्यौपानेले गरिरहनुभएको छ। कार्यक्रम भाद्र २४ गतेदेखि २८ गतेसम्म संचालन हुनेछ ।

 

 

प्रकाशित मिति : 10 सेप्टेम्बर 2023, आइतवार
प्रतिक्रिया दिनुहोस