आधारभूत लेखा तालिम र जलवायु परिवर्तनको असर र अनुकूलन तथा न्यूनीकरण विषयक छलफल गोष्ठी भक्तपुरमा सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल अन्तर्गत FFD कार्यक्रमद्धारा संचालित आधारभूत लेखा तालिम र जलवायु परिवर्तनको असर र अनुकूलन तथा न्यूनीकरण विषयक छलफल गोष्ठी भक्तपुर गेष्ट हाउस, भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा अमृतपुर सामाजिक सहकारी संस्था, दाङ, तुल्सीपुर, सुन्दरदीप र कपिया महिला माछा सहकारी संस्था चितवन, १४ ओटा जिल्ला महासंघका अध्यक्ष तथा पदाधिकारी, सातओटै प्रदेशका एक एकजना अध्यक्ष तथा पदाधिकारी र संघीय महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यस तीनदिने तालिम कार्यक्रमको सहजीकरण राम प्रसाद पौडेल, तनुज श्रेष्ठ, प्रमोद ठाकुर र ध्रुव गौतमले गर्नुभएको थियो भने कार्यक्रम समापन संघीय महासंघका उपमहासचिव भरत बहादुर घले, उपाध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष मोहमंद कर खाँ र अध्यक्ष ठाकुर भण्डारीले मन्तव्य राखी कार्यक्रम समापन गर्नुभएको थियो ।

 

प्रकाशित मिति : 2 जनवरी 2024, मङ्गलवार
प्रतिक्रिया दिनुहोस