‘सामुदायिक वन माथि निरन्तर हस्तक्षेप हुँदै आएको छ’

ठाकुर भण्डारी
अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल

देशभरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिको सहभागितामा सम्पन्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको सातौं राष्टिय महाधिवेशनले ठाकुर भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । प्रस्तुत छ सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आगामी कार्यदिशा र योजनाबारे महासंघका अध्यक्ष भण्डारीसंग वन आवाजले गरेको कुराकानीको सारांश ।

सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनले तपाईको नेतृत्वमा नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । यो महाधिवेशनले के कस्ता निर्णय गरेको छ ?

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल २०५२ सालमा स्थापना भइसकेपछि नियमित रुपमा आफ्नो अधिवेशन, महाधिवेशन र परिषद् सम्पन्न गर्ने गरेकोमा हामीले भर्खरै सातौँ महाधिवेशन सम्पन्न ग¥यौँ । यो महाधिवेशन सम्पन्न गर्ने क्रममा २२ हजार चार सय ४५ सामुदायिक वन समूह परिचालित भए । यसमा ५ सय ५५ पालिका, ७७ जिल्ला, सात प्रदेश र संघमा महाधिवेशन सम्पन्न भएका छन । यो महाधिवेशनमा हामीले विगतको समीक्षा ग¥यौ । यो २८ वर्षको यात्रामा हाम्रा लक्ष्य र उद्देश्य कति पुरा गर्न सफल भयौँ भन्ने विषयमा समीक्षा ग¥यौ । त्यसपछि आगामी चार वर्षको रणनीति तय ग¥यौं । त्यो चार वर्षको रणनीति तय गर्दा हामीले २५ वर्षको समीक्षा गरेर आगामी २५ वर्षको रोडम्याप तयार गरेका छौ । त्यही रोडम्यापका आधारमा अर्को चार वर्षे रणनीति तयार गरेका छौ । महाधिवेशनले पारित गरेको चार वर्षे रणनीति सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षामा केन्द्रित छ । सामुदायिक वन उपभोक्ता समूहलाई कसरी अधिकार सम्पन्न, सशक्त र क्रियाशील बनाउने भन्ने पहिलो प्राथामिकता छ । दोश्रो, अब वन क्षेत्रलाई समृद्धिमा लैजानुपर्छ भनेपछि समृद्धिको यात्रा तय भएको छ । वन संरक्षण र सम्वद्र्धनमा अब्बल भएका छौं, अब यसको उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्ने विषयमा छलफल केन्द्रित गरेका छौ ।

अर्को पक्ष भनेको स्थापनाकाल देखि नै सामुदायिक वन माथि निरन्तर हस्तक्षेप हुँदै आएको छ । विषय र परिस्थिति फरक भएपनि सामुदायिक वन उपभोक्ता समूहलाई कमजोर बनाउन सरकारले बेला बेलामा हस्तक्षेप गर्छ । तेहरो कर लगाउने देखि चुरे वातावरण क्षेत्र घोषणा गरेर वन क्षेत्रमा हस्तक्षेप गरेको छ । विधान तथा कार्यायोजना परिमार्जन र कार्यान्वयनमा समस्याहरु छन ।

महाधिवेशनले नौ जना पदाधिकारी भएको ८२ सदस्यीय कार्य समिति निर्वाचित गरेका छ । महाधिवेशनका लागि देशभरबाट एक हजार प्रतिनिधी सहभागी भए । थुप्रै विदेशी पाहुना आउनुभयो । सम्माननीय प्रधानमन्त्रीले महाधिवेशन उद्घाटन गर्नुभयो । नेपाल सरकारका प्रतिनिधी, गैरसरकारी संस्था र सबै क्षेत्रको व्यापक सहभागिता र उपस्थितिमा साताँै महाधिवेशन सम्पन्न भयो ।

महासंघले समीक्षा गरेको २५ वर्षमा के महत्वपूर्ण उपलब्धी हासिल भए र आगामी २५ वर्षमा के गर्ने योजना छ ?

हामीले २५ वर्षमा सामुदायिक वन अधिकारको रक्षा गर्न उपभोक्ता समूहलाई सशक्त बनायौ । पटक–पटक सामुदायिक वनमा हुने हस्तक्षेपलाई संगठित रुपमा पैरवी गरेर व्यवस्थापन गर्न सफल भयौ । उपभोक्ता समूहको परिचालनलाई सशक्त बनायौ । हिजो वन ऐन २०४९ र वन नियमावली २०५१ मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्र नआउँदासम्म प्रभावकारीरुपमा कार्यान्वयन ग¥यौ । त्यसपछि ०६२–०६३ को जनआन्दोलनमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सामुदायिक वन उपभोक्ता समूहको भूमिका सबैभन्दा महत्वपूर्ण छ । राजनीतिक दल र अरु सरोकारवाला सडकमा जान नसकिरहेको अबस्थामा हामीले निर्णय नै गरेर लोकतान्त्रिक गणतन्त्र चाहिन्छ भनेर सडकमा गएका हौ । त्यसपछि संविधान लेखनको समयमा संविधानमा अग्राधिकारको कुरा स्थापित ग¥यौ । सामुदायिक अधिकारलाई समेट्ने प्रयास गरेका थियौ । लामो बहस पछि जल, जमीन र जंगलमा सामुदायिक अग्राधिकार हुनेछ भन्ने संविधानमा लेख्न सफल भएका छौ ।

त्यसैगरी, संविधान अनुसार वन नीति २०७५ बन्यो । त्यो वन नीति तुलनात्मक रुपमा प्रगतिशील बनाउन सफल भयौ । विगतको वन विकास गुरुयोजना, वन ऐन २०४९ र वन नियमावली २०५१ संरक्षण र सम्बद्र्धनमा केन्द्रित थिए भने नयाँ वन नीतिलाई हामीले अधिकार र उत्पादनमा केन्द्रित वनाउने प्रयास ग¥यौ । त्यहाँ हामीले कृर्षि वन, पर्यापर्यटन, उद्यम विकास, वन्यजन्तु व्यवस्थापन, जडीबुटी, डाँलेघाँस, पशुपालन, माछा पालन लगायतका कुरा समेटेका छौ । यहाँको प्राकृतिक सुन्दरता र जैविक, प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधतालाई प्रवद्र्धन गरी प्रकृति, संस्कृति र सम्वृद्धि जोडेर पर्यापर्यटनको विषय लेख्न सफल भयौ ।

अहिलेसम्म दस्तावेजमा वन क्षेत्रको उद्यम विकास भन्ने थिएन । हामीले वन नीतिमा उद्यम विकासको विषय त्यहाँ लेख्न सफल भएका छौ । वन्यजन्तुको व्यवस्थापन कानुनमा लेख्न सफल भएका छौ । व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा अहिले पनि छलफलकै क्रममा छौ । यो चारवटा विषय हाम्रो जीविकोपार्जन र सिंगो देशको समृद्धिको मेरुदण्डको रुपमा रहन सक्छन् । वन नीति २०७५ मा सोही कुरा लेखिएको छ । त्यसैलाई वन ऐन २०७६ मा कानुनी व्यवस्था गर्न सफल भएका छौ ।

तर वन नियमावली २०७९ हामीलाई झुक्याएर समुदाय विरोधी ल्याउनेकाम भयो । वन नियमावली समयमै आउनुपथ्र्यो, आएन । हामीले निरन्तर विरोध ग¥यौ वार्ता समिति बन्यो, हामीले सुमmाव दिएका छौ । त्यो अहिले संशोधनको क्रममा छ ।

अर्को कुरा सरकारले वैज्ञानिक वन कार्यक्रम ल्याएको थियो । हाम्रो विरोध पछि सरकारले खारेज ग¥यो, जुन एक महत्वपूर्ण उपलब्धी थियो । वैज्ञानिक वनको नाममा नेपालको जैविक विविधतालाई ध्वस्त पार्ने गरी साल र पैसालाई केन्द्रमा राखेर साल मास्ने गरी त्यो कार्यक्रम ल्याइएको थियो । हामीले सालको मात्र होइन सिंगो वन, जैविक विविधता, वन्यजन्तुको व्यवस्थापनमा जोड दियौ । हामीले कार्ययोजना बनाउँदा सालको मात्र बनाउन हुँदैन । ८० वर्षको रोटेसन बनाएर साल सिध्याउने नाममा जैविक विविधता ध्वस्त हुन दिनु हुदैन भनेर पैरवी ग¥यौ । तीन वटा आयोग बने । ती आयोगले हामीले जुन कुरा उठाएका थियौ, त्यही नै राम्रो हो भने पछि तत्कालीन सरकाले वैज्ञानिक कार्यक्रम खारेज ग¥यो ।

अहिले हामीले दिगो वन व्यवस्थापनको मापदण्डका लागि दबाब दिइरहेका छौ । त्यो अहिलेसम्म आइसकेको छैन । अन्तिम चरणमा छ । अस्तिमात्र सरकारले एउटा कार्यदल बनाएर अन्तिम रुप दिन छलफल अगाडि बढाएको छ । यी सबै प्रक्रियामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले एकदम सकारात्मक हस्तक्षेप गर्छ । सकारात्मक परिणामका लागि पहल गरेको छ ।

हाम्रो भावी योजना भनेकै समुदायको अधिकार सुरक्षित गर्ने हो । समुदायलाई सशक्त बनाउने, समुदायको नेतृत्व विकास गर्ने र समृद्धिमा जोड्ने हाम्रो योजना हो । हाम्रा २२ हजार चार सय ४५ सामुदायिक वन उद्यममा जानप¥यो । सामुदायिक वनमा काष्ठ, गैर–काष्ठ, अमला, निगुरो, बाबियो, बाँस, जडीबुटी जस्ता अनगिन्ती वन पैदावर खेर गइरहेका छन् । तिनको संकलन गरेर उद्यम विकास गर्नुपर्ने छ । हाम्रा वन पैदावर प्रशोधन गरेर बजारमा लैजाने हो । काठ पनि मुढा मात्र बेच्ने होइन, सामुदायिक वनले चिरान गरेर प्रशोधन गरेर बेच्नपर्छ । त्यसले मात्रै समृद्धि निर्माण हुन्छ । किनभने अब नेपालमा समृद्धिको कुरा गर्ने हो भने त्यो सामुदायिक वन प्रमूख हो । त्यसबाहेकको जलविद्युत हो । ४६ प्रतिशत जमिन वन क्षेत्र छ, जहाँ अथाह वन पैदावर छ । त्यो वन पैदावरलाई हामीले सही ढंगले सदुपयोग र प्रशोधन गर्न सक्यौं भने समृद्धि हुने हो । आज हाम्रा जडीबुटी कौडीको भाउमा देश बाहिर पठाइएको छ । ती जडीबुटी प्रशोधन गरेर बिक्री गर्न सकेमा डलरमा आम्दानी गर्न सक्ने अवसर छ । नेपालको भू–भाग भन्दा धेरै वन्यजन्तु भइसके जसका कारण गाउँमा खेती गर्ने अवस्था छैन गाउँबस्ती मानव रहित हुदै छन । बाघको सख्या धेरै भैसक्यो नेपालले बेच्नुपर्छ । यसलाई समृद्धिमा लैजानुपर्छ । नेपाल सरकार बाघको संख्या बढाउने भन्छ तर तेब्बर भइसकेपछि पनि के गर्ने भन्ने नेपाल सकरकारको केही योजना छैन । अब बढेका बाघहरु बेच्नुपर्छ, त्यसलाई समृद्धि र वातावरणसँग जोड्नपर्छ । घटाउने होइन कि हाम्रो पारिस्थिकीय प्रणालीले थेग्न नसक्ने चिजहरुको व्यवस्थापन गर्नपर्छ ।

सामुदायिक वनको कारण नेपालको वन क्षेत्र विगत तीन दशकमा बढेको छ । वन्यजन्तुको संख्या पनि वृद्धि भइरहेको जसलाई कतिपयले ठूलो सफलताको रुपमा चित्रण गरेका छन । तपाईको कुरा सुन्दा सामुदायिक वन उपभोक्ता महासंघ र सरकारको बीचमा द्वन्द्व भइरहेको बुझिन्छ । किन यस्तो भइरहेको छ ?

जैविक विविधता र वन्यजन्तु बढ्नु हाम्रो सफलता हो । यसमा हामी गर्व गर्छौ । नेपालमा सामुदायिक वन बिस्तार भएपछि वन क्षेत्र ४६ प्रतिशत पुगेको सरकारी आँकडाले नै देखाउँछ । यसमा सबैभन्दा ठूलो योगदान सामुदायिक वन उपभोक्ता समूहको छ । वन्यजन्तुको संख्या वृद्धि हुनु अत्यन्तै राम्रो हो । तर वन्यजन्तु र जैविक विविधता व्यवस्थापनमा समस्या छ । सरकार हिजोको जस्तो संरक्षणमुखी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ हिजो राजाले पञ्चायतकालमा एउटा ढंगले बनाएको हो । त्यो ऐन परिवर्तन गर्न लोकतान्त्रिक गाणतन्त्रात्मक सरकारलाई भनेको त्यो गर्न सरकार तयार छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनले मान्छे देख्दैन, जनावर मात्र देख्छ । जनावर र मान्छे अर्थात इकोसिस्टम देख्नपर्छ भन्ने हाम्रो भनाइ हो । सरकार इकोसिस्टमको कुरा गर्दैन । इकोसिस्टममा मान्छे पर्दैनान् ? इकोसिस्टम भित्र कुनै जनावर बढी भए त्यसको व्यवस्थापन गर्नुपर्छ । कम भयो भने सबै मिलेर जोगाउनुपर्छ । अहिले धेरै भयो त्यसैले व्यवस्थापन गर्नुपर्छ । घरमा पालेका बाख्राले पाठापाठी धेरै भए बेच्नुपर्छ । गोठका आधारमा गाईबस्तु पाल्छौ । वन क्षेत्रको आधारमा वन्यजन्तु पालौ भन्ने कुरा गर्न विज्ञ भनिएका साथीहरु पनि डराइरहनु भएको छ, सायद सरकारको डरले हो कि ।

हाम्रो जंगलले थेग्न सक्ने वन्यजन्तु मात्रै संरक्षण गरौ । उपभोक्ता आफैले संरक्षण गर्छन् । त्यसका लागि सरकारले त्यति धेरै टाउको दुखाउन पर्दैन । धेरै जंगली जनावर भएका कारण मान्छेको ज्यान गइरहेको छ, अन्नवाली ध्वस्त भएको छ, घरपालुवा पशु सकिएका छन भने कतिपय ठाउँमा घर भत्काइएका छन । इकोसिस्टममा मान्छे पनि सुरक्षित रहनुपर्छ । सामुदायिक वन कार्यक्रम विश्वको मोडेल हुन सक्छ भने वन व्यवस्थापन पनि मोडेल बनाउन किन नसक्ने ? विदेशमा यसरी वन व्यवस्थापन भएको छ त्यसकारण यहाँ पनि त्यही गर्नपर्छ भन्ने तर्क गरिन्छ, त्यो गलत हो । नेपालको भूगोल, हावापानी, जैविक विविधता फरक छ । अनि हाम्रो वन व्यवस्थापन फरक हुन पर्दैन ?

नेपालमा काठ कुहिरहेको छ । त्यो काठ निकालौ भन्दा सरकार तयार छैन । तर विदेशबाट काठ आइरहेको छ । वन महासंघ विदेशी काठको निर्यात बन्द गर्नुपर्छ भन्ने पक्षमा छ । अहिले राजमार्ग आसपासमा मात्र हेर्ने हो भने दुइ तीन वर्षलाई पुग्ने काठ छ । तर बाहिरबाट डलरमा काठ किनेर ल्याउन सरकार तयार छ । त्यो परम्परावादी चलखेल डलरको समेत चलखेल हो कि भन्ने हामीलाई शंका छ । हामीले सरकार परिवर्तन ग¥यौं, अबस्था, चिन्तन र सोच परिवर्तन गर्न सकेनौं । वन क्षेत्र व्यवस्थापनको कुराले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा बढ्दै गएको छ । संघिय लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्न सामुदायिक वनमा अधिकार सम्पन्न गराउनु पर्छ ।

यो सबै सफलताका बाबजुद गत वर्ष मात्र करिब १० लाख मानिस रोजगारीका लागि देश छाडेर गए । देशव्यापी संगठन भएको वन उपभोक्ता महासंघले रोजगारी श्रृजनाका लागि के गरिरहेको छ?

हामीले हरित रोजगारी मार्फत युवाहरुलाई देशमै कामका अवसर सृजना गर्ने आधारहरु छन । तर भएको के छ भने यदि एउटा सामुदायिक वन उपभोक्ता समूहले वनमा भएका अमला अचार बनाएर बिक्री गर्छु भन्दा सरकारले स्वीकृति दिन मान्दैन । बेलको जुस बनाएर बेच्छु भन्दा सरकारले अनुमति दिदैन । बाँसको तामा देखि फोटो फ्रेम बनाएर बिक्री गर्ने अवसर भएपनि उद्यमको रुपमा विकास गर्न सक्ने अवस्था छैन । बाबियोको डोरी र सालको पातको टपरी बनाएर बेच्छु भन्न पाईएको छैन । युवाहरु कसैलाई विदेश जान मन छैन । अलिकति वतावरण बनाए उनीहरु यही बस्छन । धर्म, संस्कृति, मूल्यमान्यताको संरक्षण गरेर पर्यापर्यटनको विकास गर्न सकिन्छ । हाम्रा डाँडाकाँडा आफैमा टावर हुन । तर सरकार सामुदायिक वन उपभोक्ता समूहलाई पर्यापर्यटन विकास गर्न दिदैन । अर्कोतिर करौडौ रुपैयाँ खर्च गरेर डाँडामा टावर बनाएर बसेको छ । ती टावर के का लागि ? अग्लो ठाउँ हेर्न प्रकृतिमैत्री, वातावरणमैत्री बनाउन फलाम, सिमेन्टको प्रयोग नगरी त्यही उपलब्ध ढुङ्गा, माटो, पानी प्रयोग गरेर बनाउन सकिन्छ । त्यसो गर्न सरकार तयार छैन । सरकारले वातावरण विरोधी काम गरिरहेको छ । उपभोक्तालाई रोजगारी दिने सरकारको ध्यान छैन । जसका कारण समृद्धि, उद्यम र पर्यापर्यटन समस्याको रुपमा देखिएका छन । गाउँमा बाँदरले बस्न दिएका छैनन् । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले एक घर एक बाँदरको व्यवस्थापन हुन सकने संभावना छ सामुदायिक वन उपभोक्ता समूहलाई विश्वास गर्नुप¥यो ।

त्यसो भए सरकार किन सामुदायिक वन विरोधी भएको हो ?

हामीले निरंकुशतालाई फालेर सिंहदरवारलाई गाउँगाउँमा लाने भन्यौं । आन्दोलन गर्दा नेपाली जनताले सिंहदरवारले दिने सेवा सुविधा गाउँ गाउँबाट पाइन्छ, सहज हुन्छ भन्ने थियो । तर चिन्तन र विचारमा परिवर्तन नहुँदा हामीले एउटा राजा त फाल्यौ अरु निर्वाचित साथीहरुले म शासक हुँ भन्ने बुझाई राख्नुभयो । उदारहणका लागि प्रदेश सरकार सामुदायिक वनको विरुद्ध यसरी लाग्यो कि सबै प्रदेशमा सामुदायिक वन बाट कर लिएर सरकार चलाउने भन्ने चिन्तन छ । एउटा सामुदायिक वन उपभोक्ता समूहले २५ प्रतिशत वन संरक्षणमा खर्च गर्छ, बाँकी ५० प्रतिशत महिला, दलित, गरिव र विपन्न वर्गको सशक्तिकरण र जीविकोपार्जनमा खर्च गर्छ । बाँकी रकम स्थानीय विद्यालय, बाटो, खानेपानी, बिजुलीमा खर्च गर्छ । सरकारले गर्नुपर्ने काम सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क गरिदिएको छ । प्रदेश सरकारको राम्रो नियत छैन, जबकी हामी संघीयताको मेरुदण्ड प्रदेश सरकारलाई बलियो बनाउने पक्षमा छौं । उहाँहरु आफै प्रदेशलाई कमजोर बनाइरहनु भएको छ, सामुदायिक अधिकार खोसीरहनु भएको छ । हामीले केही समय पैरवी वा आन्दोलन गर्न पर्ला तर सामुदायिक वनको यात्रा रोकिँदैन । म प्रदेश सरकारलाई निरंकुश नहुन अनुरोध गर्छु ।

नेपालको सामुदायिक वनका कारण वनक्षेत्र ४६ प्रतिशत पुगेको छ र कार्वन उत्सर्जनमा ठूलो भूमिका खेलेको छ । त्यसवापत नेपालले ठूलो रकममा जलवायु वित्त प्राप्त गरिरहेको छ । त्यसको हिस्सा सामुदायिक वन उपभोक्ता समूहले पाएका छन कि छैनन् ?

नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि भूमिका निर्वाह गरेको छ, जसमा सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान छ । तर सरकार अहिले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनका काम गरे वापत सामुदायिक वन उपभोक्ता समूहमा सहयोग दिने कुरा एकदमै विरोधाभासपूर्ण देखिन्छ । पहिलो कुरा नेपालमा जति पनि जलवायु परिवर्तनका असरसंग सम्वन्धित रकम आउँछ त्यो ऋणमा लिनुहुँदैन भन्ने हाम्रो भनाइ हो । वन संरक्षण गरे वापत नेपालले अनुदान पाउनुपर्छ । सरकार अनुदान होइन ऋण लिन लागेको छ । सबैभन्दा दुर्भाग्यपूर्ण काम यही भएको छ । दोस्रो, जलवायु वित्तको रुपमा आएको जति रकम छ त्यसको ८० प्रतिशत समुदायमा जानुपर्छ । जलवायु नीति बनाउने बेला सरकारसँगै बसेर यही सहमति भएको थियो । तर आज सरकार ८० प्रतिशत रकम समुदायमा पु¥याउन तयार छैन । प्राप्त रकम अर्थमन्त्रालयले काट्ने, बाँकी रकम व्यवस्थापनमा खर्च गर्ने र न्यून रकम मात्रै समुदायमा पठाउन खोजिँदैछ । जलवायु परिवर्तन न्यूनीकरणका लागि चलिरहेका कार्यक्रमबाट समुदायले दुई वटा समोसा, कापी र डट्पेन बाहेक केही नपाउने दुर्भाग्यपूर्ण अवस्था छ । हामी यो विषयमा गम्भीर छलफल चलाउँदै छौं । बजेट समुदायमा पुग्यो कि समोसा मात्रै पुग्यो ? त्यसको अनुगमन गर्छौ र समुदायमा नै यो वियायमा छलफल चलाउछौं ।

सामुदायिक वनको चर्चा संसारभर छ । धेरै देशले वन संरक्षणको नेपाली मोडेललाई अवलम्बन पनि गरिरहेका छन । अब के ग¥यो भने सामुदायिक वन अभियानबाट नेपालका गरिब, दलित र विपन्न समुदाय लाभान्वित हुन सक्छन् ?

समुदायका गरिब, दलित, महिला, विपन्न, आदिवासी जनजातिको जीवनमा परिवर्तन ल्याउन, नेतृत्व र क्षमता विकास गर्न, जीविकोपार्जन र परिवर्तनका लागि वन क्षेत्रलाई उपयोग गर्नपर्छ । त्यसमा कुनै विमति छैन । वन क्षेत्रको जैविक विविधता, वनस्पति, वन्यजन्तु व्यवस्थापन गर्दै उद्यम विकास गर्ने हो । सामुदायिक वनमा सःमिलदेखि दुना टपरीसम्मका उद्यम विकास गरी आम्दानीका श्रोतलाई न्यायोचित वितरण गर्न सक्यौं भने समृद्धिको बाटोमा जान सक्छौं ।

प्रकाशित मिति : 23 जुन 2024, आइतवार
प्रतिक्रिया दिनुहोस