काठमाडाैं। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट विस्थापित रसुवा र नुवाकोटका स्थानीय उपभोक्तालाई खाद्यान्न, भाँडाकुँडा र ग्यास तथा इन्डक्सन चुलाेसहित अाठ ट्रक राहत सामग्री प्रदान गरेकाे छ ।
महाविपत्तिले अकल्पनीय क्षति भाेग्न बाध्य भएका बाढी पहिराे पीडितलाइ फेकाेफनले चामल, दाल, नुन, तेलसहितकाे खाद्यान्र, कुक्कर, कराइ, थाल, कचाैरा लगायतका भाँडाकुँडा तथा ग्यास सिलिण्डर र इन्डक्सन चुलाेसहितका सामग्री सहयाेग गरेकाे हाे ।
महासंघले भाेटेकाेशी बाढीबाट घरबास सबै गुमाएर अाश्रय लिन बाध्य भएका रसुवा र नुवाकाेटका पीडित परिवारलाइ स्थानीय तहसँगकाे समन्वयमा राहत सामग्री प्रदान गर्दै अाएकाे फेकाेफनका फाइनान्स डाइरेक्टर राम प्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
महासंघले याे पटक उत्तरगया गाउँपालिकाका ४ र ५ नम्बर वडाका अति प्रभावित विस्थापित र चुलो बाल्न समेत समस्यामा परेकाहरूलाइ स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री दिएकाे महासंघका बागमती प्रदेश उपाध्यक्ष लिलानाथ न्याैपानेले बताउनुभयाे ।
फेकोफनले अर्काे चरणकाे राहत सामग्री पनि तयार पारिसकेकाे र केहीदिन भित्रै पठाउने तयारी गरेकाे छ ।
सामुदायिक वन उपभाेक्ता महासंघले रसुवा भाेटेकाेशी र त्रिशुली नदीमा अाएकाे बाढीले निम्त्याएको विपत्तिपछि विस्थापित भएका र सडक सम्पर्क विच्छेद भएपछि अत्यावश्यक सामान पुग्न नसक्दा चुलो बाल्न पनि कठिनाइ भोगेका नुवाकोटको बेलकोट गढी र रसुवाको बेत्रावती गाउँपालिकाकाका अति समस्यामा परेका उपभोक्ताका लागि यसअघि पनि राहत सामग्री पठाइसकेकाे छ । गाउँपालिकाका जनप्रतिनिधिले पनि ग्यास सहयोग मागेपछि बेलकोट गढीमा ५० र उत्तरगयामा ५० सिलिण्डर ग्यास पठाइएकाे थियो ।
फेकोफनले यसअघि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा नगद पाँच लाख प्र्रदान गरेको थियो । रसुवाबाढी आउँदा प्रभावित क्षेत्रमा फसेका फेकोफन वागमती प्रदेश उपाध्यक्ष लिला न्यौपानेलाई उद्धार गर्न महासंघले समन्वय र दबाब पनि दिएको थियो ।
बाढी प्रभावित क्षेत्रका उपभोक्ताका समस्याबारे आगामी दिनमा पनि महासंघले स्थलगत सहकार्य र सहयोगलाई निरन्तरता दिने फेकोफनले जनाएको छ ।



