काठमाडाैं। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले रसुवाको भोटेकोशी हुँदै नुवाकाेटकाे त्रिशूली नदीमा अाएकाे भयानक बाढीले पुर्याएकाे अकल्पनीय विनासका पीडित र विस्थापितहरूलाइ लगातार अार्थिक तथा भाैतिक सहयाेग गर्दै अाएकाे छ । विनासकारी बाढीबाट विस्थापित रसुवा र नुवाकोटका स्थानीय उपभोक्तालाई सहयाेग स्वरूप महासंघले तेश्राे पटक खाद्यान्न, भाँडाकुँडा र ग्यास तथा इन्डक्सन चुलाेसहित राहत सामग्री प्रदान गरेकाे हाे ।
बाढीपीडितकाे निभेकाे चुलाे बाल्न र रित्तिएकाे भान्सामा खाद्यान्न पुर्याउन महासंघका अध्यक्ष ठाकुर भण्डारीसहितकाे टाेली त्रिशुली हुँदै रसुवाकाे उत्तरगयाका उपभाेक्ताकाे बस्तीसम्म पुगेकाे छ । असाेज २७ गते मंगलबार राहत सामग्री लिएर उत्तरगया पुग्नुभएका अध्यक्ष भण्डारीले चामलका बाेरा काधमा बाेकेर स्थानीयलाइ सघाउनसमेत अघि सर्नुभएकाे थियाे । महासंघकाे सहयाेगकाे रसुवा र नुवाकाेटका बाढीपीडितहरूले उच्च अादर तथा सराहाना गरेका छन् ।
अध्यक्ष भण्डारीले महासंघले समुदाय र सामुदायिक वनका उपभाेक्ताका सवालमा काम गर्दा स्थानीयकाे पीडामा मलम लगाउन कहिल्यै पछि नपर्ने भन्दै जलवायु परिवर्तनकाे असरबाट सर्वस्व गुमाएका स्थानीयले क्षतिपूर्ति पाउनुपर्नेमा पनि जाेडदिनुभयाे ।
महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही,महासचिव पार्वता गाैतम, सचिव डिल्ली गिरी र काेषाध्यक्ष शान्ता न्याैपाने तथा महासंघका वागमती प्रदेश अध्यक्ष विनाेद सापकाेटा लगायतका पदाधिकारीहरू पनि राहत लिएर प्रभावित क्षेत्रमा यसअघि पनि पुगिसक्नुभएकाे छ ।
गाउँपालिकाका अध्यक्ष माधव अर्याललेसमेत फेकाेफनकाे सहयाेग अतुलनीय रहेकाे भन्दै प्रसंशा गर्नुभएकाे छ । महाविपत्तिले अकल्पनीय क्षति भाेग्न बाध्य भएका रसुवा र नुवाकाेटका बाढी पहिराे पीडितलाइ फेकाेफनले करिब डेढ कराेडकाे राहत सामान दिएकाे छ । महासंघले चामल, दाल, नुन, तेलसहितकाे खाद्यान्र, कुक्कर, कराइ, थाल, कचाैरा लगायतका भाँडाकुँडा तथा ग्यास सिलिण्डर र इन्डक्सन चुलाेसहितका सामग्री ३ पटकसम्म प्रभावित क्षेत्रमा पुर्याएकाे हाे ।
महासंघले भाेटेकाेशी बाढीबाट घरबास सबै गुमाएर अाश्रय लिन बाध्य भएका रसुवा र नुवाकाेटका पीडित परिवारलाइ स्थानीय तहसँगकाे समन्वयमा राहत सामग्री प्रदान गर्दै अाएकाे र त्याे करिव डेढ कराेड बराबरकाे भएकाे फेकाेफनका फाइनान्स डाइरेक्टर राम प्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
सामुदायिक वन उपभाेक्ता महासंघले रसुवा भाेटेकाेशी र त्रिशुली नदीमा अाएकाे बाढीले निम्त्याएको विपत्तिपछि विस्थापित भएका र सडक सम्पर्क विच्छेद भएपछि अत्यावश्यक सामान पुग्न नसक्दा चुलो बाल्न पनि कठिनाइ भोगेका नुवाकोटको बेलकोट गढी र रसुवाको बेत्रावती गाउँपालिकाकाका अति समस्यामा परेका उपभोक्ताका लागि यसअघि पनि राहत सामग्री पठाइसकेकाे छ । गाउँपालिकाका जनप्रतिनिधिले पनि ग्यास सहयोग मागेपछि बेलकोट गढीमा ५० र उत्तरगयामा ५० सिलिण्डर ग्यास पठाइएकाे थियो ।
महासंघले अति प्रभावित विस्थापित र चुलो बाल्न समेत समस्यामा परेकाहरूलाइ स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री दिएकाे बताउँदै महासंघका बागमती प्रदेश उपाध्यक्ष लिलानाथ न्याैपानेले समुदायका पक्षमा काम गर्न पाउँदा खुसी लागेकाे बताउनुभयाे ।
फेकोफनले यसअघि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा नगद पाँच लाख प्र्रदान गरेको थियो । रसुवाबाढी आउँदा प्रभावित क्षेत्रमा फसेका फेकोफन वागमती प्रदेश उपाध्यक्ष लिला न्यौपानेलाई उद्धार गर्न महासंघले समन्वय र दबाब पनि दिएको थियो ।
क्षेत्रका उपभोक्ताका समस्याबारे आगामी दिनमा पनि महासंघले स्थलगत सहकार्य र सहयोगलाई निरन्तरता दिने फेकोफनले जनाएको छ ।







