भारतमा पाँच दिने सहकारीसम्बन्धी तालिममा फेकोफनका प्रतिनिधि

काठमाण्डौ – सेवा संस्थाको आयोजनामा भारतको गुजरातमा पाँच दिने सहकारीसम्बन्धी तालिम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत सामुदायिक वनका २१ जना सदस्यहरुले यो कार्यक्रममा सहभागिता जनाएका थिए ।

गुजरातको अहमदाबादमा गएको मंसिर ३० गतेदेखि पुस ४ गतेसम्म सञ्चालन भएको तालिममा सेवा नामक संस्थाबाट सञ्चालित सफल सहकारीको बारेमा जानकारी गराइएको थियो । उद्यमका बारेमा जानकारी लिएका व्यक्तिहरुको समूहले तालिम दिएका थिए ।

सेवा नामक संस्था भारतको गुजरातमा निकै सफल संस्थाको रुपमा परिचित छ ।

प्रकाशित मिति : 23 डिसेम्बर 2019, सोमवार
प्रतिक्रिया दिनुहोस