वन क्षेत्रको ऐन नियम र सामुदायिक वन उपभोक्ता समूहको सवालमा अन्तरसंवाद कार्यक्रम

दाङ – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र नेपाल नगरपालिका संघको आयोजनामा वन क्षेत्रको ऐन नियम र सामुदायिक वन उपभोक्ता समूहहरुको सवालमा प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रम भएको छ ।


गएको माघ १६ र १७ गते २ दिन दाङको तुलसीपुरमा आयोजना भएको कार्यक्रममा वन क्षेत्रको ऐन नियमका बारेमा छलफल भएको थियो ।

अन्तरसंवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ प्रदेश सभाका माननीय सदस्य, सामुदायिक वन अभियानकर्मी र विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वन क्षेत्रको अहिले बनिरहेक ऐन नियमका बारेमा र यसले सामुदायिक वन क्षेत्रमा पारेका अप्ठेरोका साथै सामुदायिक वन उपभोक्ता समूहको सवालका विविध पक्षमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : 4 फेब्रुअरी 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस