तुलसीपुरमा पहिलाेपटक वन उद्यमसम्बन्धि कार्यशाला गोष्ठी

काठमाण्डौ – तुलसीपुर उपमहानगरपालिकाले प्रथम तुलसीपुर सामुदायिक वन कार्यशाला गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा विभिन्न चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जलवायु परिवर्तन, दीगो वन व्यवस्थापन, लैङ्गिक समानता, सुशासनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री कृषि मन्त्री आरती पौडेल, वन मन्त्रालयकी प्रदेश सचिव राधा वाग्ले, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठक, सचिव ठाकुर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वनक्षेत्र उद्यमशिलतासँग कसरी जोड्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

 

प्रकाशित मिति : 23 फेब्रुअरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस