सामाजिक परिवर्तनमा धुसेरी सामुदायिक वन

– ठाकुर पाण्डे
नवलपरासी बर्दघाट सुस्ता पूर्व हाल देवचुली नगरपालिका अन्र्तगत वडा नं. १६ रजहरमा स्थापित धुसेरी सामुदायिक वन नवलपरासी जिल्लामा नै जेठो सामुदायिक वन र सबैका लागि अभिभावकत्व दिन सफल सामुदायिक वन हो ।

प्राकृतिक सुन्दरताको खानी, गरीब, विपन्न र महिला वर्गको लागि आँखाको नानीको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । २०५२ मा स्थापना भएदेखि नै आप्mनो यात्रा सुरु गरेको सामुदायिक वनले आन्तरिक तथा बाह्य समस्या, आन्तरिक खिचलो, बाह्य चुनौतीलाई धैर्य र दीर्घकालिन रुपमा समाधान गरी आज राष्ट्रिय स्तरमा गणेशमान सिंह वन संरक्षण पुरस्कार दोस्रोबाट सम्मानित हँुदै सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीबाट जेठो तथा अभिभावकको रुपमा प्रथम पुरस्कारले विभूषित भइसकेको छ ।

यिनै उकाली ओराली गर्दै जाँदा २५औँ बसन्त पार गरी रजत महोत्सवको महाअभियानमा आफूलाई समाहित गरिएको अवसरमा हामी सामुदायिक वनका अभियानकर्मीका लागि खुसीले गर्न समय आएको छ । यसरी सामुदायिक वनले दीगो विकास लक्ष्य प्राप्तीका धुसेरी सामुदायिक वन योगदानलाई यो समयमा स्मरण गर्नु बान्छनीय देखिन्छ ।

१) गरिबीको अन्त्य :
सामुदायिक वन क्षेत्रभित्रका अतिविपन्न उपभोक्तालाई सिकर्मी, डकर्मीको तालिम दिने यसको लागि औजार लगायत आर्थिक तथा प्राविधिक सीपले मान्छेलाई माछा मारेर दिने होइन माछा मार्ने सिप दिनु पर्दछ जसबाट त्यो विपन्न वर्ग परनिर्भरबाट आत्मनिर्भर हुदै अन्तरनिर्भरतिर उन्मुख हुन मदत पुग्दछ ।

२) भोकमरीको अन्त्य :
यस सामुदायिक वनबाट न्यरो, खोलेसाग, बाँस, जलुको लगायत खाद्यय वनस्पतिलाई उपभोक्ताले संकलन गरी दैनिक चामल लगायत खाद्यय बस्तु किन्न र साँझ विहानको छाक टार्न निकै सहज भएको पाइन्छ । वर्तमान अवस्थामा व्यवसायिक कृषि फर्ममा रासायनिक प्रयोग विषादीको प्रयोगबाट मानव स्वास्थ्यलाई नै गम्भिर असर पारेको अवस्था रैथाने वनस्पतिको महत्वले थप बजार स्थापित गरेको छ ।

३) सुस्वास्थ्य तथा समृद्ध जीवन :
स्वास्थ्य केन्द्र निर्माण स्वयमसेविकालाई सम्मान, विपन्न वर्गको उपचार, स्वास्थ्य बिमा जस्ता धेरै कार्यक्रमले स्वास्थ्य उपभोक्ता र समवृद्ध जीवनको लक्ष्यलाई साकार बनाउँदै गएको छ । स्वच्छ पानीका लागि पानीको मुहान संरक्षणका लागि खानेपानी उपभोक्ता समिति मार्पmत लगानीले सबै उपभोक्ता स्वच्छ सफा र सुरक्षित पानी पिउन पाउने अधिकारलाई सम्मान गरेको छ । सामुदायिक वन भित्रका जडिबुटी पहिचान, संकलन, प्रशोधन र उपयोग विधिको शिक्षा उपभोक्ता स्तरमा पुर्याउन अस्पतालको र मेडिकलको औषधीको खराब असरबाट बच्न र बचाउन मद्दत पुगेको छ ।

४) गुणस्तरीय शिक्षा :
यो सामुदायिक वनको सहयोगबाट देवचुली उच्च मा.वि. लगायतका विद्यालयमा प्राविधिक शिक्षा संचालनले दक्षजनशक्ति उत्पादनमा मद्दत पुगेको छ । विद्यालय कोरा शिक्षा मात्र होइन संस्कार सहितको शिक्षा प्रदान उपभोक्ता समूहमा सामाजिक मुल्यमान्यता नैतिक आचरणको विकासबाट संस्कार सहितको सभ्य समाज निर्माणमा टेवा पुगेको छ । विद्यालयमा सामुदायिक वनको महत्व, आवश्यकता, सामाजिक न्याय जलवायु परिवर्तनका कारण असर अनुकुलन न्यूनीकरण र रेडप्लसका विषयमा अध्यापन गराइन्छ ।

५) लैङ्गिक समानता :
सामुदायिक वनमा ५० प्रतिशत महिला कार्यसमितिमा र अध्यक्ष, सचिव मध्ये एकमा महिला अनिवार्य गर्ने मार्गदर्शनबाट सञ्चालन भएकाले अरु संघसंस्थाको लागि सिकाई र प्रेरणाको स्रोत बनेको छ । सरकारको ३३ प्रतिशत महिला सहभागीतालाई चुनौती दिँदै वन मार्गदर्शन अनुसार कार्यन्वयन भएको छ । सामुदायिक वनको कार्यसमितिमा रहेका महिलाले स्थानीय सरकारको नेतृत्व वगर्न पनि सफल भएका छन् ।

६) स्वच्छ पिउने पानी तथा सरसफाई :
यस सामुदायिक वनले उपभोक्तालाई टोल सुधार समिति मार्पmत डस्बीन वितरण, फोहोर वर्गीकरण, महामारी रोगका विरुद्धमा सचेतना, रक्तदान, सुत्केरी तथा गर्भवतीका लागि पोषण आहार वितरण, स्वास्थ्य परिक्षणलाई निरन्तरता गर्ने गरिएकोले सामुदायिक वनले विशेष स्वास्थ्य सरसफाईमा उल्लेखनीय योगदान पुर्याएको देखिन्छ ।

७) किफायती र स्वच्छ उर्जा :
भान्छामा धुवा रहित, वातावरण प्रदुषण रहित भन्ने नाराले वायोग्याँसमा लगानी, भुषचुलो वितरण, जैविक कोइला आदीबाट इन्धनमा किफायती र स्वच्छ उर्जामा उपभोक्तालाई प्रोत्साहित गरिएको छ । जसले गर्दा दाउरा संकलन उपयोगमा समेत न्युनिकरण भएको छ ।

८) मर्यादित काम र आर्थिक वृद्धि :
सामुदायिक वनबाट आर्थिक उत्पादनमा विविधकरण, लघु तथा घरेलु उद्यमलाई प्रोत्साहान, पर्यावरणमैत्री उत्पादन र दिगो पर्यापर्यटन स्थानिय संस्कृति र रैथाने खाद्ययन्न, तरकारी, तेलबाली, वनस्पतिको उत्पादन र प्रवद्र्धन, सामुदायिक वनले श्रम गर्ने उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमले श्रमप्रति उपभोक्ताहरु आकर्षित हँुदै छन् ।

९) उद्योग नवीन खोज र पूर्वाधार :
सामुदायिक वनको आम्दानीको ५० प्रतिशत गरिबी न्यूनीकरण उद्यम र महिला सशक्तिकरण गरी वित्तिय लगानी, वन उद्यमका उत्पादनको बजारीकरण सहयोग गर्दै गएको ।

१०) असमानता न्यूनीकरण :
सामुदायिक वनमा समावेशीकरणको कर्म, सामुदायिक वनको मर्म सामुदायिक वनको चाहाना असमानता न्यूनिकरण र समान अवसरको सिर्जना, उपभोक्ता समूह भित्र रहने विभिन्न वर्ग, जातजाति भाषाभाषी, क्षेत्र वर्ण लिङ्ग आधारमा विभेदन नगर सबैको समान हैसियत क्षमता र विविधीकरणलाई सम्मान गर्दै अवसर प्रदान गर्नु सामुदायिक वनको धर्म हो । यसलाई व्यावहारिक रुपमा कार्यन्वयनको अवस्था देखिन्छ ।

११) दीगो शहर र समुदाय :
वर्तमान सरकारको शहरीकरणको अवधारणालाई सामुदायिक वनबाट अवलम्बन गर्नु अनिवार्य सर्त हो । सामुदायिक वनका उपभोक्ताको आभाष सुरक्षित आवास भन्ने मर्मलाई कार्यन्वयन गर्ने जिम्मेवारी हो । विपदको अवस्थामा सरल सहज तरिकाबाट वन पैदावार उपलब्ध गराई विपद व्यवस्थापन राहत दिनु पर्दछ । यसरी शहरीकरणका लागि आवश्यक पूर्वाधार र शहरीकरण पछिका जिम्मेवारी प्रति सामुदायिक वन पन्छिनु हँुदैन ।

१२) दीगो उपभोग तथा उत्पादन :
सामुदायिक वनको प्रयोग प्राकृतिक स्रोतको वुद्धिमत्तापूर्ण उपयोग, सामुदायिक वनको कार्ययोजना प्रकृति प्रेमी जिवनशैली बारे सचेतना मान्छे जति आधुनिक संसारमा आउछ त्यत्ति नै धेरै र छिटो अघाउँछ । यो विषयलाई उपभोक्ता स्तरमा प्राकृतिमा रमाउने र प्राकृतिलाई नै बचाउने भन्ने मर्मलाई बुझाउन पर्दछ । सामुदायिक वनको सम्वद्र्धन स्थानिय उत्पादन र संस्कृतिको प्रर्वधनमा टेवा पुर्याउने, लोपोन्मुख संस्कृतिको खोज, अनुसन्धान र प्रचारप्रसार सहयोग पुर्याउने ।

१३) जलवायुमा पहल :
विश्वव्यापी रुपमा उत्सर्जन भएको हरितगृह ग्याँसको कारणले पृथ्वीको बढदै गएको तापक्रम, जलवायु परिवर्तन, कारण, असर, न्यूनीकरण अनुकुलन न्यूनिकरण, वन विनास वन क्षयीकरण, कार्बन सञ्चिति लगायत विषय समुदाय स्तरमा जानकारी गराउने यसमा वनको महत्वलाई प्राथमिकतामा राख्ने ।

१४) जमीन माथिको जीवन :
सामुदायिक वनको अभियान, वनको दीगो व्यवस्थापन सामुदायिक वनको टेवा, पारिस्थितिकिय प्रणालीको सेवा, भूक्षय र क्षयीकरणमा सामुदायिक वन जंगली जनावर र पृथ्वीको विभिन्न जिवहरुको बसोबासको संरक्षण माटो मुनि रहने गड्यौला, जुनकिरी, भ्यागुता अर्थात घस्रिने जीवको संकट सुरु भएको छ । जैविक विविधता संरक्षण अझ विशेष लोपोन्मुख वनस्पति, जीव, जनावरमा ध्यान दिनु आवश्यक छ । अनुवंशिक स्रोत संरक्षण, मिचहा प्रजाति नियन्त्रण तथा उन्मुलनमा सामुदायिक वनका लागि चुनौती बन्दै गएको छ ।

१५) शान्ति न्याय र सक्षम निकायहरु :
सामुदायिक वनको चाहाना समूहमा सुशासनको स्थापना, सामुदायिक वनमा समावेशी र सहभागीता मुलक नीति निर्माणमा उपभोक्तालाई सशक्तिकरण क्षमता विकास, कानुनी शासन, न्यायमा पहुँच र द्वन्द्व रुपान्तरण सशक्त नागरिक संगठन निर्माण प्रतिनिधिमुलक नेतृत्व उत्पादन ।

अन्त्यमा, यस सामुदायिक वनको रजतमहोत्सवको उपलक्षयमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, नवलपुरको तर्फबाट हार्दिक शुभकामना,आगामी वर्षमा पनि नेपालकै उत्कृष्ट सामुदायिक वनको रुपमा सफलता प्राप्त गर्ने छ भन्ने विषयमा जिल्ला महासंघ विस्वश्त छ । सयपत्री फुल जस्तै एकताबीच सुन्दरता हुन्छ भन्ने विषयमा समुह प्रतिवद्ध रहने छ । एकताबीचमा पनि विविधता हुनेछ । त्यहि विविधताको बिचमा सिर्जनाका टुसाहरु पलाउने छन र भोलीको नेतृत्वको त्यो टुसा वा मुनालाई आउने बाह्य प्रकोपबाट बचाउनु वर्तमान नेतृत्वको गहन जिम्मेवारी हुनेछ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरको स्थापना गराउनेदेखि सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल राष्टिय कार्यसमितिको प्रथम महाधिवेशनमा यस धुसेरी सामुदायिक वनबाट प्रतिनिधित्व गर्नु हुने यस सामुदायिक वनका संस्थापक अध्यक्ष बम बहादुर अधिकारीले प्रथम महाधिवेशन गठन सँगै जिल्ला महासंघ गठन गर्न पुर्याउनु भएको अमुल्य योगदानको उच्च मुल्याङ्कन गर्दै जिल्ला महासंघ धन्यवाद ज्ञापन गर्दछ । सामुदायिक वनको अधिकार र कर्तव्यको लागि केयर नेपालको समर्पण कार्यक्रम मार्फत सहमति गैडाकोट जिविकोपार्जनको लागि वन कार्यक्रम बुटवल, बहुसरोकारवाला कार्यक्रम लगायत संहयोगी संस्थाबाट पनि भएको पवित्र सहयोगको कदर गर्दै धन्यवाद छ ।

हालसम्मको उपलब्धीलाई प्राप्तीमा योगदान दिने र उपलब्धीलाई संस्थागत गर्ने विषयमा सामुदायिक वन उपभोक्ता महासंघ राष्टिय कार्यसमितिलाई यस समुहबाट चिरस्थायी स्मरण गर्दै साधुवाद शब्दका नुच्याबाट अर्पण गर्दछौ । यसै गरी रचनात्मक र सकारात्मक तथा गुणात्मक रुपमा यो समूहलाई सहयोग पुर्याउनु हुने छिमेकी सामुदायिक वन उपभोक्ता, सरकारी तथा स्थानिय गैर सरकारी संस्था सबै प्रति हार्दिक नमन गर्दै आउने समयमा नयाँ इट्टा थप्न यो सहयोग कोशेढुङ्गा सावित हुनेछ ।

(लेखक सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : 27 नोभेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस