प्राकृतिक स्रोतमाथिको अधिकारका विषयमा फेकोफन लगायत अन्य दुई संस्थाबीच छलफल

काठमाडौँ, मङ्सिर १९ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रीन फाउण्डेसन नेपाल र सिप्रेड नेपालको संयुक्त आयोजनामा प्राकृतिक स्रोतमाथि स्थानीय समुदाय, आदिवासी जनजाति, महिला, दलित, गरीब, विपन्नको अधिकार स्थापित गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गरी सुखी नेपाली, समृद्ध नेपाल भन्ने नाराका साथ वन क्षेत्रको स्रोतलाई उपयोग गर्ने सन्दर्भमा दुईदिने अभिमुखीकरण कार्यक्रम आज सुरु भएको छ ।

कार्यक्रममा संघीय वन ऐन, प्रदेशले तयार गर्दै गरेका वन ऐनका ड्राफ्टहरु, स्थानीय सरकारले बनाउँदै गरेका वन ऐनका विषयमा छलफल गरी आगामी दिनमा ७५३ वटै स्थानीय तहका सरकारसँग समन्वय गरी सामुदायिक वन उपभोक्ता महासंघ र उपभोक्ता समूह अगाडी बढ्ने विषयमा छलफल गरियो ।

प्रकाशित मिति : 14 डिसेम्बर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस