दैलेखमा बिपद् न्युनिकरण र जलवायु अनुकुलन सम्बन्धी सामुदायिक बन उपभोक्ता समुहको क्षमत़ा अभिबृदिका लागी अभिमुखीकरण तालिम आयोजना

दैलेख। सामुदायिक वन उपभोक्ता महासंघले दैलेखको दुल्लुमा “बिपद् जोखिम न्यूनीकरण र ब्यबस्थापन र जलबायु परिबर्तन अनुकुलन सम्बन्धी सामुदायिक बन उपभोक्ता समुहको क्षमत़ा अभिबृद्धिका लागी अभिमुखीकरण तालिम” हिजो देखि संचालन गरेको छ।

तालिम उद्धघाटनको अवसरमा बोल्दै सामुदायिक बन महासंघ केन्द्रिय सचिवालयका महासचिव विर्ख बहादुर शाहीले ठुला बिकसित देशहरुले विभिन्न कल कारखाना र औधोगिकरण स्थापना गर्दै विकासको नाममा निम्त्याएका जलबायु परिबर्तनका कारण हो र यसको असर नेपाल जस्तो गरिब देशले धेरै भोग्नु परेको साथै हाम्रो देशमा पनि बिशेषगरि बनमा आश्रित समुदाय यसको असरबाट बढी प्रभावित छन । हाम्रो जस्तो गरिव देशहरुले त्यसको अनुकुलनका क्षेत्रमा विभिन्न प्रयास गरिरहेको बताउनुभयो।

यसैगरि कार्यक्रमको बारेमा सामुदायिक बन महासंघ, दैलेख जिल्ला महासंघका अध्यक्ष मणिराम शर्माले तालिमले विपत व्यवस्थापनका क्षेत्रमा गरिने उपायका बारेमा जानकारी लिदै एउटा निणर्य र प्रतिवेदनका साथ स्थानिय तहमा निति र कार्यक्रममा समेत लागु गर्ने उद्धेश्य रहेको बताउनुभयो ।

त्यसैगरि दुल्लु नगरपालिका वडा नं। ७ का वडाध्यक्ष लालबहादुर रावतले जलवायु परिवर्तनका कारण मानिसका जनजिवनमा विभिन्न परिवर्तन भइरहेको र त्यसले एकातिर वातावरण परिवर्तन र उचारचढाव भैरहेको र अर्कोतिर मानव जिवन र स्वास्थ्यमा पनि प्रभाव पारिरहेको बताउनुभयो।
जलबायु परिबर्तन र यसको मानब जीवनमा परेको प्रभाबको सन्दर्भ ध्यानमा राखी यो तालिमले दुल्लु क्षेत्रमा भएका सामुदायिक बनहरु मध्य बढी जोखिम परेको सातवटा सामुदायिक बन छनोट गरि उनीहरुको क्षमत़ा अभिबृदिका लागी यो तालिम संचालन गरिएको हो। तिन दिन सम्म सञ्चलान हुने यस तालिम पश्चात छनोट गरिएका सातवटा सामुदायिक बनको कार्ययोजन बनाउने र त्यसलाई कार्यान्यन गर्ने लक्ष्य लिईएको छ।

प्रकाशित मिति : 18 जुलाई 2021, आइतवार
प्रतिक्रिया दिनुहोस