काभ्रेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काभ्रे । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ काभ्रेको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सहभागिहरुको परीचयबाट सुरु भई काभ्रे जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहमा देखिएका समस्या र आगामी सम्भावनाको विषय लगायत स्थानिय तहमा रहेको नेतृत्व र सहजीकरणको विषयमा वृहत छलफल भएको थियो ।

कार्यक्रममा उपस्थीत पांचखाल, धुलिखेल, पनौती र नमोवुद्धको प्रतिनिधित्वमुलक सहभागिहरुले पालिका स्तरमा सामुदायिक वनलाई परेको समस्या राख्नु भएको थियो । सवै सामुदायिक वनको कार्ययोजना समय अनुकुल र समुदायको आवस्यक्ता अनुसार जलवायु परिवर्तन, वन क्षेत्रमा आधारीत उद्यम, दिगोे विकासको उद्धेश्य र अन्य आय आर्जनको क्षेत्रमा कार्य संचालन गर्नुपर्ने समुदायको धारणा राखेका थिए ।

सामुदायिक वनलाई वनसंग मात्र होइन, पानी संरक्षण, भुमि संरक्षण र गरीव विपन्न आदीवासी जनजातीहरुको क्षेत्रमा पहँुच बढाउनु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : 2 सेप्टेम्बर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस