सरकारले उपभोक्ताको अधिकार खोस्न खोजेको सरोकारवालाको आरोप, आन्दोलनमा उत्रने फेकोफनको चेतावनी

काठमाण्डोै । उपत्यका आसपासको फुलचोकी र चन्द्रागिरी लगायतको वन क्षेत्रबाट उपभोक्ताको अधिकार खोस्न खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ । समुदायको अधिकार मासेर संरक्षण क्षेत्रका नाममा सरकारले निजि क्षेत्रलाई पोस्न खोजे आन्दोलनमा उत्रने महासंघको चेतावनी छ ।

काठमाण्डोैमा सोमबार स्थानीय उपभोक्तासहित अन्तर्कृया गरेर महासंघले संरक्षित क्षेत्र घोषणा तथा विस्तार गर्ने कार्य तत्काल रोक्न पनि महासंघले माग गरेको छ । कार्यक्रममा महासंघकी अध्यक्ष भारती पाठकले समुदायलाई अधिकारबिहिन बनाउने गरि राज्य नियन्त्रित संरक्षण क्षेत्र घोषणा गर्ने तयारी तत्काल खारेज गर्न माग गर्नुभयो ।

अध्यक्ष पाठकले वनमाथि समुदायको अधिकार खोस्नेगरी संरक्षणका नाममा नाफा कमाउन पल्केका निजि क्षेत्रलाई वन सुम्पन खोजे मुलुकभरका २२ हजारभन्दा बढी उपभोक्ता आन्दोलनमा उत्रने चेतावनी दिनुभयो। फेकोफनका महासचिव विर्खबहादुर शाहीले फुलचोकी(चन्द्रागिरी क्षेत्रको वनबाट समुदायको अधिकार खोस्ने षडयन्त्र भैरहेमा आन्दोलनको बिकल्प नभएको बताउनुभयो ।

प्राकृतिक श्रोतविज्ञ दिलराज खनालले प्राकृतिक श्रोतमा समुदायको स्वामित्व खोसेर नाफामुलक नीजि क्षेत्रलाई सुम्पिनु गलत भएको बताउनुभयो । संरक्षित क्षेत्रका नाममा व्यापारिक कम्पनीलाई पोस्न खोजिएको बताउँदै उहाँले जनतालाई अधिकारबाट विस्थापित गर्न खोजिएको प्रष्ट पार्नुभयो ।

विकास, जनअधिकार र संरक्षणको बाहानामा सिमित व्यक्तिले व्यापार गर्न खोजेको उहाँको दावी छ । गोदावरी नगरपालिका(३ का अध्यक्ष बालमुकुन्द घिमिरेले गोदावरी वन क्षेत्रमा पर्यावरण संरक्षण र उपभोक्ता अधिकार खोसेर सरकारले आफुखुसी गर्न खोजेको बताउनुभयो ।

अहिले सबैको चासो उपभोक्ताले जोगाएको ललितपुरको वनमा परेको भन्दै उहाँले स्थानीय सरकार केन्द्रको आफुखुसीको विरूद्द रहेको प्रष्ट पार्नुभयो । फेकोफन ललितपुरका उपाध्यक्ष केशव गिरीले सरकारले वन खोस्ने योजना नत्यागे जिल्लाका सबै उपभोक्ता आन्दोलनमा उत्रने बताउनुभयो ।

स्थानीय उपभोक्ता समुहका अध्यक्ष वसन्त सिलवालले वनमा केवुलकार, होटल जस्ता व्यापार चलाउन खोजिएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता समुह सञ्जालका अध्यक्ष बद्रीराज गिरीले फुलचोकी(चन्द्रागिरी क्षेत्र उपभोक्ताबाट खोसेर सरकारले लिन खोजेको बताउँदै जवर्जस्ती गर्न खोजिए सबै उपभोक्ता आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

गोदावरी क्षेत्रका चारवटै सामुदायिक वन सरकारी षडयन्त्रको विरोधमा रहेको उहाँले बताउनुभयो । स्थानीय नोैधारा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदनकुमार पन्थले समुदायले जोगाएको बन हराभर भएपछि फेरि खोस्न खोजिएको गुनासो गर्नुभयो ।

संघियता विरोधी र प्राकृतिक श्रोतमा जनताको अधिकार हनन हुनेगरी सरकार अघि बढ्दै छ । गोदावरी नगर क्षेत्रमा ६८ वटा सामुदायिक वन रहेका छन् । दियालेडाँडा सामुदायिक वनका अध्यक्षले पनि जनताको अधिकार खोस्न खोजे मान्य नहुने बताउनुभयो।

कार्यक्रममा फेकोफनका सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गोैतम,सचिवालय सदस्य मोहम्मद कर खाँ लगायतले सरकारले वन र जनताका अधिकार खोस्न खोजेको भन्दै जवर्जस्ती गर्न खोजे आन्दोलनमा उत्रने बताउनुभयो ।

 

प्रकाशित मिति : 6 सेप्टेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस