“संविधान, प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार र कार्यान्वयनको अवस्था” बिषयक दुरसम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा दुरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकको मन्तब्यबाट सुरु भई संविधान दिवसको अवसरमा “संविधान, प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार र कार्यान्वयनको अवस्था” विषयमा छलफल भएको थियो।

कार्यक्रममा उपस्थीत घनश्याम पाण्डे, गंगाराम दाहाल, मनोहरा खड्का, सरस्वती सुब्बा, कुमारी खरेल, गणेश वि.क, सोमत घिमिरे लगाएतले संविधान, प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार र कार्यान्वयनको अवस्था बिषयमा कुरा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रस्तोता सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका कानुनी सल्लाहकार डिलराज खनालले संविधान, प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार र कार्यान्वयनको अवस्था बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपालको ७ वटै प्रदेशमा रहनुभएका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका महासंघ प्रतिनिधिहरु, सरोकारवाला संघसस्थाका प्रतिनिधिहरु लगाएत अन्य सरोकारवालाहरु सहित झण्डै १०० जनाको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले समापन गर्नुभएको थियो भने कार्यक्रम संचालन सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : 20 सेप्टेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस