अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क वडा नम्वर २ मा रहेको भलायडाँडा सामुदायिक वन अहिले हुर्केर हराभरा बनेको छ । सल्ला लगायत विभिन्न प्रजातिका रुखहरुले जंगल ढाकेको छ । तर यो वन आजको हराभरा र घना अवस्थामा आउन स्थानीय उपभोक्ताहरुको योगदान अतुलनीय छ । यसको पनि आफ्नै कथा छ । अर्घाखाँचीको जिल्ला सदरमुकाम २०३२ साल अघिसम्म खाँचीकोट गाविसको नरपानीमा थियो ।
त्यसबेलासम्म सन्धिखर्कमा बस्ती र वनमा कुनै फेरबदल थिएन् । तर जब नरपानीबाट सदरमुकाम सन्धिखर्क सार्ने निर्णय भयो । त्यसपछि वन फडानी तिव्र भयो । सदरमुकाम सार्दा त्यहाँ पुरै नयाँ संरचना बनाउनुपरेकोले जथाभावी रुख काट्ने काम गरियो । त्यसअघि वन घना थियो । पाको पुस्ताका मानिसहरुलाई अहिले पनि सम्झना छ, भलायडाँडा वनमा दिउँसै डरलाग्ने अवस्था थियो । मेलापात ज्ञढड जाँदा आउँदा वनको बाटो जोगिएर गाउँबेसी गर्नु भन्ने गरिन्थ्यो ।
जंगली जनावरहरुको उत्तिकै त्रास हुन्थ्यो । साल, सल्लो, चिलाउने लगायतका रुखहरु र डालेघाँसका बोटहरु प्रसस्तै थिए । त्यसैले पनि गाउँलेहरु वनमा एक्लै जान डराउँथे । तर जब सदरमुकामका रुपमा पूर्वाधारहरु बनाउन थालियो, तब धमाधम रुखहरु काटिए । हेर्दाहेर्दै घना वन क्षेत्र रित्तिँदै गयो । आफ्नो गाउँको जंगल विनास भएपछि स्थानीय बासिन्दाहरु चिन्तित हुनु स्वभाविकै थियो । किनभने दैनिक घाँसपात, काठ, दाउराका लागि उपयोग हुँदै आएको वन फडानी भएपछि उनीहरुले संरक्षणका लागि नयाँ उपाय खोज्न थाले ।
वन संरक्षण गर्दै अघि बढ्न थाले । त्यसपछि वडाका अगुवाहरु घरघरमा गएर अब वन कसरी जोगाउने भन्ने छलफल र सुझाव लिन तथा दिन थाले । त्यसै बमोजिम २०४९ सालमा संरक्षणका लागि समिति गठन भयो । अध्यक्ष चित्रकला पोखरेल, उपाध्यक्षमा राजेश्वर पोखरेल, सचिव नारायण पोखरेल र कोषाध्यक्ष ईश्वरा पोखरेल सहितको टिम बनाईयो । यसरी अर्घाखाँची जिल्लाकै पहिलो सामुदायिक वनका रुपमा भलायडाँडा पाहारपाखा सामुदायिक वन बन्यो ।
जब सामुदायिक वन बन्यो त्यसपछि संरक्षणले पनि गति लियो । ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा १२० घरधुरी आवद्ध छन् । वन हरियाली छ । संरक्षणका लागि अहिले पनि उपभोक्ता समुहले ‘लौरो पालो’ प्रणाली अपनाएर वन जोगाउँदै आएको छ । लौरो पालो भनेको हरेक उपभोक्ता घरधुरीले पालैपालो वन हेर्ने एउटा लौरोको नियम हो । जसअनुसार एउटा साझा लौरो बनाइएको छ । त्यो लौरो जसको घरमा हुन्छ त्यो वन हेर्न जाने पालो उसैको हुन्छ ।
अनि त्यही लौरो लिएर उपभोक्ता दिनभर वन हेरचाह गर्न जान्छन्, अनि साँझ फर्केर आएपछि त्यो लौरो अर्को उपभोक्ताको घरमा लगरेर छोड्छन् । लौरो आफ्नो घरमा देखेपछि बुझ्नुपर्छ कि, अब एकदिन वन हेर्ने पालो मेरो परेछ भनेर । उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र पोखरेलल भन्न े ुभयो ‘घरमा वनको लौरो देखेपछि सवै उपभोक्ताले स्वतः पालो परेको बुझ्छन् ।’ ज्ञढढ वन संरक्षणकै क्रममा यस वर्ष मात्रै समुहले सुनकाउली, चिउरी, अमला लगायत विभिन्न प्रजातिका पाँच हजार बिरुवा रोपेको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कसँगै जोडिएको यो वनमा अवैध प्रवेशमा कडाई गरिएको छ भने आगलागी नियन्त्रणका लागि अग्निरेखा निर्माण पनि गरिएको छ । समुदाय र उपभोक्ताको हितका लागि समुहले किम्डाँडा र मलायडाँडा कुमालबस्ती गरि दुईवटा खानेपानी आयोजना पनि सञ्चालन गरेको छ । जसले गर्दा खानेपानीको सुविधा भएको छ । खानेपानीका लागि सास्ती भोग्दै आएका ८० घरधुरी कुमालको बसोबास रहेको बस्तीमा धेरै राहत पुगेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी सामुदायिक वनले जंगल छेउमा बस्दै आएका १३ घरधुरी बादी परिवारलाई बसोबासको व्यवस्थापनमा सघाएको छ र प्रदेश सरकार मार्फत घर निर्माणको पहल गरेको छ । त्यसबाहेक विद्यालय सञ्चालनमा सहयोग, देउराली मन्दिर निर्माण, सामुदायिक भवन निर्माण जस्ता काम पनि समुहले गरेको छ । यस्तै विपन्न तथा गरिबलाई आर्थिक सहयोग, स्वास्थ्य उपचार सहयोग जस्ता काममा पनि सामुदायिक वनको योगदान छ ।