२५ वर्ष संरक्षणपछि आम्दानीको सपना

स्थानीय उपभोक्ताहरु वन संरक्षणमा कति प्रतिवद्ध हुन्छन् भन्ने थाहा पाउँन सिरहाको कालिका सामुदायिक वन हेरे पुग्छ । २०५२ सालमा सामुदायिक वनका रुपमा उपभोक्ता समुहलाई हस्तान्तरण भएको यो वन त्यसयता निरन्तर संरक्षण भैरहेको छ ।

धनगढीमाई नगरपालिका वडा नम्वर १३ मा पर्ने यो वनको क्षेत्रफल १०८ हेक्टर छ । २०४०–०४५ सालको बीचमा यहाँको वन यति धेरै फडानी भयो कि, करिब विनास नै भयो । पुरानो जंगल त केवल नाम मात्रकै अवस्थामा पुगेको थियो । त्यो देखेर स्थानीय बासिन्दाहरु धेरै चिन्तित भए । रातारात आफ्नो आवादी नजिकको वन फडानी भएर सखाप भएपछि गाउँनै मरुभूमि हुने चिन्ताले उनीहरुलाई सतायो ।

त्यसपछि स्थानीय दुर्गा खड्का, दिपक खड्का, प्रेमकुमार लामा लगायतका अगुवाहरुको जमघटले संरक्षणको अगुवाई गर्न थालेको हो । हाल उपभोक्ता समुहका अध्यक्ष समेत रहनुभएका लामाले त्यो समय स्मरण गर्दै भन्नुभयो–‘जंगल नासिएर नाङ्गो भयो भने भोली गाउँबस्ती नै मरुभमि ह ू ुन्छ भन्ने चिन्ता भयो । वन विनास भए पानी पर्दैन, पानी नभए द्दण्द्ध खेतीपाती हुन्न, अनि खेतीपाती नै भएन भने त गाउँलेहरुको उठिबास नै लाग्छ भन्ने भयो नि ।’

त्यसैले संरक्षणमा सक्रिय भए गाउँलेहरु । केही समय स्याउला सोत्तर पाएपनि वातावरण नै विनास भयो भने सबै खतम हुन्छ भन्नेमा एकमत भएपछि संरक्षणलाई तिव्र पारियो । वन कार्यालयलाई भनियो कि, फडानी रोकेर अब हामीले जोगाउँछौं । त्यसपछि खाली क्षेत्रहरुमा नयाँ बिरुवा रोप्दै जान थालियो र साना पुनरोत्पादन हुने क्षेत्रमा चरिचरन र मानव प्रवेश रोकियो । अनि २०५२ सालमा जिल्ला वन कार्यालयले समुदायलाई हस्तान्तरण गरेको हो ।

यसरी हराभरा भएको वनबाट अब भने समुदायले विस्तारै लाभ लिने योजना बनाएका छन् । समुहमा १२० घरधुरी छन् । वनभित्र करिब ३ कठ्ठामा पोखरी छ । त्यहाँ माछापालन गरेका छन् उपभोक्ताहरुले नै । अब त्यसलाई विस्तार गरेर व्यवसायिक र पर्यटनसँग जोड्ने योजना छ । पिकनिक पार्क बनाउने, बगैंचा निर्माण गर्ने योजना उपभोक्ता समुहले बनाएको छ ।

राजमार्गबाट करिब ८ किलोमिटर मात्र उत्तरतर्फ ै रहेको, वन हुँदै सडकको पहुँच विस्तार भएको, पानीको व्यवस्था समेत रहेकोले पोखरीमा डुङ्गा चलाउँने र माछा पालन गर्ने योजनासहित पर्यटक आकर्षित गर्न सकिने लक्ष्य राखिएको छ । वनभित्रै अग्लो डाँडा समेत रहेकोले त्यहाँ भ्यूटावर बनाउने योजना छ । भ्यूटावरबाट आसपासका जिल्ला समेत देख्न सकिने भएकोले आन्तरिक पर्यटन फस्टाउने अनुमान समुहको छ । ‘२५ बर्षसम्म जोगाएर हराभरा बनायौं, अब त्यसलाई जोगाउँदै आयआर्जनसँग जोड्ने हो ।

पोखरीमा माछा–बोटिङ्ग चलाउने, भ्यूटावर बनाउने र त्यहाँसम्म बिजुली लगेर वनभोजस्थललाई आकर्षक बनाउन सके पैसा पनि आउँछ, त्यो पैसाले उपभोक्ताको गरिबी न्यून गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सकिन्छ ।’ अध्यक्ष लामाले समुहको अबको योजना सुनाउँदै भन्नुभयो ।

कालिका सामुदायिक वन, सिरहा

प्रकाशित मिति : 24 डिसेम्बर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस