व्यक्तिको जग्गा किनेर सामुदायिक वन

धेरैको रहर हुन्छ, गाउँघरमा सडक लैजाने । सडक निर्माणमा आफ्नो सम्पत्ति कमभन्दा कम क्षति होस् तर घर आसपासमै सडकको पहुँच होस् भन्ने चाहाना सबैका लागि स्वभाविक जस्तै बनेको छ । अझ सार्वजिनक जग्गाबाट बाटो वनाउँदा त अधिकांश क्षेत्रमा मानिसहरुले त्यति धेरै चिन्ता गरेको पाईदैन् ।

सामुदायिक वन हुँदै बाटो वनाउँदा जमिन र जंगल नास भयो भनेर चिन्ता गरेपनि त्यसबापतको अर्को निजी जग्गा किनेको कमै सुनिन्छ । तर संखुवासभाको पौवापोखरी वडानम्वर १ धुपुमा रहेको देउराली तित्रे सामुदायिक वन यस्तो समुह हो, जसले सडक निर्माणका क्रममा वन क्षेत्र नोक्सान भएपछि निजी व्यक्तिसँग जग्गा किनेर वन थपेको छ । सामुदायिक वनले व्यक्तिगत जग्गा किनेर जंगल बनाउने गरि थपेको बिरलै भेटिन्छ ।

तर ५३.७८ हेक्टर क्षेत्रफलमा फैलिएको देउराली तित्रे समुहले क्षतिपूर्तिको शोधभर्ना गर्न थप २४ रोपनी जमिन किनेर वनमा गाभेको छ । बाह्रबिसे, धुपु हुँदै खादबारी जाने बाटो बनाउँदा भएको द्दण्ढ नोक्सानी कम गर्न समुहकै पैसाले निजी जग्गा किनिएको हो । उपभोक्ता समुहका अध्यक्ष बलराम पन्त भन्नुहुन्छ–‘बाटो खन्दा वनको जग्गा मासियो, बोटबिरुवा पनि नास भए । त्यसपछि फेरि बाटो विस्तार गर्दा वनको क्षति भयो ।

त्यसैले सामुदायिक वनको नोक्सानीलाई केही मात्रामा भएपनि कम गर्न हामीले व्यक्तिको जग्गा किनेर सामुदायिक वन बिस्तार गरेका हौं । अव त्यहाँ बिरुवा रोपेर हुर्काउने र उपभोक्ताको आयआर्जन र गरिबी निवारणमा काम गर्दै अघि बढ्ने योजना बनाएका छौं ।’ समुहले गरेको उदाहरणीय कामले उपभोक्ताहरु उत्साही छन् । तीन सय घरधुरी उपभोक्ता रहेको सामुदायिक वनले गरिबी न्यूनीकरणका काम पनि गरेको छ । समुहले दुनाटपरी उद्योग चलाएको छ ।

जंगलमा त्यत्तिकै खेरजाने सालका पात टिपेर गाउँमै उद्योग सञ्चालन भएपछि स्थानीय उपभोक्तालाई धेरै सजिलो भएको समुहकी सहसचिव भगवती भट्राईले जानकारी दिनुभयो । उद्योगबाट प्रत्यक्ष रुपमा २ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा धेरै उपभोक्ताको आयआर्जनमा मद्धत पुगेको छ । त्योभन्दा धेरै सुविधा पाएका छन् । बिहे, व्रतवन्ध, पुजाआजा लगायतका धार्मिक तथा सांस्कृतिक कार्य तथा चाडपर्वका बेला सुलभ मुल्यमा सहज रुपमा गाउँमै दुना टपरी पाउने भएपछि उपभोक्ताहरुले पनि समुहले सञ्चालन गरेको उद्योगलाई थप व्यवस्थित र बिस्तार गर्न सुझाव दिएका छन् ।

यसैगरी सामुदायिक वनले उपभोक्ताको आयआर्जन बढाउँदै गरिबी घटाउन घुम्तीकोषबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाखा्र, बंगुरपालन लगायतका काममा उपभोक्ताहरुको चासो देखिएपछि समुहले कोषको २ लाख ५५ हजार रुपैंयाभन्दा बढी रकम परिचालन गरेको छ । समुहले दिएको रकममा आफूले थपेर पशुपालनबाट उपभोक्ताले घरखर्च चलाउन पुग्ने पैसा कमाउने गरेका छन् । सामुदायिक वनले सुशासन र नेतृत्व विकासमा समेत जोडदिँदै आएको छ ।

जसले गर्दा सखं ुवासभाको देउराली तित्रे सामुदायिक वन एक अव्वल उदाहरणीय वनका रुपमा रहेको छ भने उपभोक्ता समुहले गरेको कामकारवाही अरुका लागि समेत नमुना बनेको छ ।

प्रकाशित मिति : 27 डिसेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस