जडीबुटी र गैँडा संरक्षणमा जोड

बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्वर ८, ढकेरी नयाँगाउँ स्थित जलन्धरा सामुदायिक वन उपभोक्ता समुहले जडीबुटी संरक्षण र व्यवसायिक उत्पादनलाई अघि बढाएको छ । लोपोन्मुख जडिबुटीको संरक्षण, यसको व्यवसायिक महत्व र आम्दानीका हिसाबले समेत लाभदायक हुने भएकोले सामुदायिक वनले जडिबुटीलाई खेतीकै रुपमा अघि बढाएको हो । पहिला पिपलाको खेती गरिएको थियो ।

सामुदायिक वनले अहिले बहुमुल्य र लोपोन्मुख हुँदै गएको सर्पगन्धाको खेती गरेको छ । करिब एक हेक्टरमा सर्पगन्धा रोपिएको उपभोक्ता समुहकी अध्यक्ष मिनता थारुले जानकारी दिनुभयो । दुर्लभ हुँदै गएको सर्पगन्धा रोप्न समुहलाई वनस्पति विभागले पनि सघाएको छ । एक सय ७७.३ हेक्टरमा फैलिएको र ६५ घरधुरी उपभोक्ता रहेको जलन्धरा सामुदायिक वन, बाँके राष्ट्रिय निकञ्जको दक्षिणतर्फ पूर्वपश्चिम द्दज्ञज्ञ राजमार्गसँग जोडिएको छ । २ पट्टी खोला छ ।

जडिबुटीका अलावा सामुदायिक वनले उद्यमशिलता र आयआर्जनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पर्यटनको सम्भावनालाई समेत दृष्टिगत गरि होमस्टे बनाइएको छ । यसैगरी वन्यजन्तुको संरक्षणलाई ध्यान दिएर सामुदायिक वनभित्र पोखरी निर्माण गरिएको छ । पोखरी निर्माणपछि वनभित्र रहेका र आउजाउ गर्ने वन्यजन्तु तथा चराचुरुङ्ीले सहजरुपमा पानी खान पाएका छन् । सरकारले बाँके राष्ट्रिय निकुञ्जमा गैडा राख्ने व्यवस्था ग¥यो भने सघाउने भन्दै गैडालाई मनपर्ने भेल्लरका रुख रोपिएको छ ।

यसले पनि उपभोक्ता समुह वन्यजन्तु संरक्षणमा संवेदनशील छ भन्ने प्रष्ट हुन्छ । थारु समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा सामुदायिक वन उपभोक्ता समुहले संरक्षणसँगै आयआर्जनलाई पनि अघि बढाएको छ । उपभोक्तालाई बंगुर तथा कुखुरापालन, किराना पसल, तरकारी खेती लगायतका उद्यममा उपभोक्तालाई घुम्ती कोषबाट सहयोग उपलब्ध गराउने र त्यसबाट उनीहरुलाई आयआर्जनमा सघाउने काम भैरहेको छ ।

यस्तो सहयोग बर्षमा ६–७ जनालाई दिईँदै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । समुहको यो सहयोगबाट स्थानीय उपभोक्ताको जीविकोपार्जनमा समेत मद्धत मिलेको छ । पहिलाको तुलनामा आम्दानी बढेको छ । समुहको घुम्तीकोषको सहयोगमा बाख्रापालन गर्दै आएकी उपभोक्ता उषा चौधरी भन्नुहुन्छ– ‘खेती किसानीमा निर्भर मैले समुहको सहयोग समेत भएपछि बाख्रापाल्न थालेकी हुँ । राम्रै आम्दानी भएको छ ।

मलाई जस्तै समुहले अझै धेरै दिदीबहिनीलाई पनि आयआर्जनमा लगाउन सके आर्थिक अवस्थमा समेत सुधार आउने छ ।’ अतिक्रमित क्षेत्रलाई जोगाउँदै संरक्षण गरेर स्थानीय उपभोक्ताले जलन्धरा सामुदायिक वन बनाएका हुन् । वन अहिले हराभरा र घना भएको छ । साल, सिसौं, खयर, जामुन लगायतका रुखहरु हुर्केका छन् । जथाभावी चरीचरनमा रोक लगाइएको छ । वनमा हुने अबैध गतिविधि र चोरी तस्करी रोक्न चौकीदारको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : 27 डिसेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस