संरक्षण, हित र विकासमा अब्बल

पर्साई अर्ने भुल्के सामुदायिक वन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्वर ३ को पर्साईधाप अर्थात साविकको गौरीबास गाविसमा पर्छ । सालको पुरानो जंगललाई संरक्षण गरेर चोरी निकासी र आगजनी हुनबाट बचाउँदै सामुदायिक वनका रुपमा सदुपयोग गर्दै आएको स्थानीय उपभोक्ताले समुह मार्फत वन र गाउँमा नमुनायोग्य कामहरु गर्दै आएका छन् । २०५४ सालमा स्थानीय समुदायलाई हस्तान्तरण भएको यो वन २२० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ८२ घरधुरी उपभोक्ता समुहमा आवद्ध छन् ।

समुहमा तामाङ, मगर लगायत जनजातिहरुको बाहुल्यता छ भने दलित र माझी सहित बाहुन, क्षेत्री लगायत अन्य समुदाय कम छन् । तर वन संरक्षण र सदुपयोगमा सबैको सक्रियता उदाहरणीय छ । वनश्रोतको प्रयोगबाट उपभोक्ता र गाउँको विकासमा समेत महत्वपूर्ण परिर्वतन आएको छ । रातु खोलाका कारण गाउँमा पुग्ने सहज सडक र पुल नहुँदा यो गाउँमा सजिलै जान अहिले पनि धनुषा जिल्ला हुँदै जानुपर्ने बाध्यता छ । तर झोलङ्गे पुल तरेर जाँदा भने बर्दिवास हुँदै जान सकिन्छ ।

पहिला गाउँमा बाटो नहुँदा सामुदायिक वन उपभोक्ता समुहकै सक्रियतामा सडक लगिएको थियो । गाउँमा पुग्ने र त्यहाँका घरघरमा पुग्ने बाटो बनाउने काममा सामुदायिक वनले लगानी गरेको उपभोक्ता समुहका अध्यक्ष भक्तबहादुर रजन मगरले जानकारी दिनुभयो । यसैगरी उपभोक्ता समुहले चुलो बाल्न वन श्रोतमा कम आश्रित हुनुपरोस् भनेर हरेक धरधुरी उपभोक्तालाई बायोग्यास प्लान्ट स्थापनामा सघाएको छ । सरकारी अनुदान बाहेक अरु सबै खर्च समुहले नै गरेर उपभोक्ताहरुको घरमा बायोग्यास जडान गरिएको छ । पशुपालनमा २५ हजार रुपैंयाका दरले उपभोक्तालाई सहयोग समेत गरिएको छ ।

यस्तै दाउराको प्रयोग कम गर्न गाउँम बस्द ै ै आएको हरेक घरधुरी उपभोक्तालाई एक–एक थान ग्यास सिलिण्डर र चुलो सहितको सेट नै सामुदायिक वनका तर्फबाट उपलब्ध गराईएको छ । यसैगरी गरिबी अन्त्य गर्न वैदेशिक रोजगारीका लागि तेश्रो मुलुक जानेहरुका लागि सर्वसुलभ र न्यूनरुपमा ऋण दिने गरेको छ । मलेसिया तथा खाडीमुलुक जान चाहनेले एक लाख रुपैंयासम्म र कोरिया, जापान, इजरायल जानेलाई २ लाख रुपैंयासम्म सहुलियतपूर्ण ऋण दिने व्यवस्थाले धेरै युवापुस्ता वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानी गरेका छन् ।

परिवार पाल्नकै लागि श्रीसम्पत्ति बन्धकी राखेर चर्को व्याजमा ऋण लिएर विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न समुहले सघाएको हो । पहिला खान लाउन समेत नपुग्ने परिवारले समेत समुहको सहयोग पाएपछि वैदेशिक रोजगारीबाट राम्रो प्रगति गरेका र कोही त १–२ करोडका मालिक पनि भैसकेको अध्यक्ष मगरले बताउनुभयो । तर अब भने युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने योजना समुहले अघि सारेको छ ।

त्यसका लागि सामुदायिक वन उपभोक्ता समुहले आफ्नै फर्निचर उद्योग खोल्ने र सर्वसुलभ दरमा सामान उपलब्ध गराउनुका साथै रोजगारी दिने र स्वरोजगारका लागि तालिम दिने योजना बनाइएको पनि अध्यक्ष मगरले जानकारी दिनुभयो । द्दद्दज्ञ बर्दिवासबाट करिब २० किलोमिटर टाढाको गाउँमा रहेको यो सामुदायिक वनले गाउँमा भैसी, गाई तथा बाख्रा पालनमा उपभोक्ताहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

गरिबी हटाउन विपन्न उपभोक्ताहरुलाई थप सहयोग गर्दै पसल व्यवसाय सञ्चालनमा समेत प्रोत्साहन गरिएको छ । सामुदायिक वन उपभोक्ता समुहले गाउँलाई अहिले चेतना र विकासले गुल्जार बनाएको छ । स्थानीय सरस्वती निमाविमा शिक्षक राख्न अनुदान दिएको वन उपभोक्ता समुहले विद्यालयमा खानेपानी सुविधा लैजाने, युवा क्लव दर्तादेखि खेलकुद मैदान निर्माण गर्ने जस्ता विकास निर्माण र सामाजिक जागरणका काम समेत गर्दै आएको छ ।

गाउँको विकासमा अहिले पनि स्थानीयले सामुदायिक वन उपभोक्ता समुहसँग परामर्श र सहयोगका लागि आग्रह तथा सहकार्य गर्ने गर्छन् । आर्थिक अवस्था कमजोर हुने उपभोक्तालाई उपचार खर्चमा बिना व्याज ५० हजारसम्म ६ महिनामा तिर्नेगरी आर्थिक सहयोग गर्ने, समुहको आफ्नै ट्याक्टर भएकोले कृषिमा खनजोतका लागि उपभोक्ताहरुलाई सहुलियत दिने, काठपात आर्सा े दा पनि सुलभदरमा सघाउने जस्ता काम समुहले गर्दै आएको छ । ट्याक्टर चालकलाई पूर्ण रोजगारी र अन्य कामपर्दा उपभोक्तालाई आशिंक रोजगारी दिने गरिएको छ ।

वन संरक्षणमा समुदायको सक्रियता पनि उत्तिकै चाखलाग्दो छ । खाली क्षेत्रमा वृक्षरोपण गर्ने, चोरी निकासी तथा आगलागी हुन नदिन हरेक उपभोक्ता चनाखो हुने गर्छन् । गस्ती जाने, अवैध रुपमा वन प्रवेश रोक्न सचेतना अभियान चलाउने, अस्थायी अग्निरेखा निर्माण गर्ने गरिएको छ । जसले गर्दा १५–१६ वर्षयता सामुदायिक वनमा आगलागी नभएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

समुहका काम पारदर्शी गर्ने, सुशासन कायम गर्ने, नियमित बैठक र भेलाहरु गर्दै सामुदायिक वन संरक्षण र गाउँको विकासमा योगदान दिने काम समुहले गर्दै आएको छ । महिला, दलित, जनजातिहरुको हकअधिकार र उनीहरुलाई नेतृत्व विकासमा अघि बढाउन प्रोत्साहन गरेर समुहले सचेतनाका अभियानहरु पनि चलाउँदै आएको छ । यसरी पर्साई अर्ने भुल्के सामुदायिक वनल जे ंगल संरक्षणसँगै उपभोक्ता हित र गाउँ समुदायको विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

प्रकाशित मिति : 2 जनवरी 2022, आइतवार
प्रतिक्रिया दिनुहोस