फेकोफनको आन्दोलनलाई वल प्रयोग गर्न खोजे शसक्त आन्दोलन गर्नेः अध्यक्ष पाठक

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरिरहेको सान्तिपूर्ण विरोध धर्ना कार्यक्रमलाई वन परिसर ववरहहलका कर्मचारीले विथोल्ने दुशप्रयास गरेका छन । महासंघले गरेको यस सान्तीपूर्ण दवाव कार्यक्रमलाई दवाउने कोसिस गरेमा सरकारले भोलीका दिनमा नराम्रो दुर्घटना भोग्ने महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मसौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोध का विभिन्न कार्यक्रम गरिरहेको छ । विरोधको कार्यक्रममा सहमती जनाउन विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो ।

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावलीमा समावेश गरिएका विषयहरुमा लगभग सहमति भएकोमा वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवाला बीच सहमति भएका विषयहरुलाई लत्याएर वन नियमावलीको मसौदामा वन ऐन २०७६ विपरित र सामुदायिक वनको अधिकारमा गम्भिर आघात पर्नेगरी विभिन्न व्यवस्थाहरु समावेश गरिएको भन्दै विरोधका कार्यक्रम गर्न वाध्य भएको महासंघका अध्यक्ष भारती पाठकले वताउनु भयो ।

विभिन्न प्रदेश सरकारहरुले तर्जुमा गरेका प्रदेश वन ऐनहरुमा संघीय वन ऐन २०७६ विपरितका व्यवस्थाहरु गरी सामुदायिक वनमा हस्तक्षेप गरिएको जनाउदै नेपाल सरकार र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा नै विभिन्न नामका संरक्षित क्षेत्रहरुको घोषणा र विस्तार गरी सामुदायिक वनलाई गंभिर असर पारेको महासंघले जननएको छ ।

त्यसैगरी सामुदायिक वनमा निरन्तर रुपमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने कार्य गरिदै आएको मा घार आपक्ती जनाउदै संघीय वन नियमावलीको मसौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्थाहरु हटाई तत्काल सुधार गर्न, संरक्षित क्षेत्र विस्तार गर्ने कार्य तत्काल रोक्न, तेहेरो कर खारेज गराउन र वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउनका लागि नेपाल सरकार र प्रदेश सरकार समक्ष आग्रह गर्दे आवाज सुनवाई नभए आउदा दिनहरुमा अझ सशक्त आन्दोलनमा जान समेत महासंघले वताएको छ । महासंघले माघ महिना भरी विरोधका कार्यक्रम गर्ने अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : 31 जनवरी 2022, सोमवार
प्रतिक्रिया दिनुहोस